रामपुर महोत्सवमा खेम सेन्चुरीको बेजोड प्रस्तुति, नाच्दै धुलो उदाउँदै उफ्रिए दर्शक

पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको छैठौं दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले दर्शकलाई छमछमी नचाउनु भएको छ । पछिल्लो समयमा चर्चित बन्नु भएका गायक सेन्चुरीले धमकेदार प्रस्तुतिमा दर्शकहरु धुलो उदाउँदै नाचेका थिए ।

सेन्चुरीको पर्खाईमा दिनभर विताएका दर्शकहरु हुटिङ्ग र ताली सहित साँझ पख छमछमी नाचेका हुन् । सेन्चुरीको प्रस्तुति सुरु भए संगै उनीहरुले संग संगै गित गाएर साथ दिएका थिए । लोकदोहोरी गितहरु मार्फत चर्चामा अाउनु भएको उहाँले स्टेजमा आफ्ना रचनाहरुको अालाप लिदै गर्दा दर्शकहरुले संगै गाएका थिए । पहिलो पटक पाल्पाको रामपुर अाउनु भएका खेमले महोत्सवमा अाधा दर्जन बढी गित प्रस्तुत गर्नु भएको थियो । उहाँले ‘जिन्दगानी छोटो छ’, ‘छ्याप्पै मायाँ लाईलाई’, ‘रमरम मारुती’, ‘सोचे झै जिन्दगी रैन छ’, ‘झ्यालमा पर्दा छ’ र ‘सुर्ती मड्दा माड्दै मादै गयो जीवन’ लगाएतका गितहरु राख्दै गर्दा मेलामा अाएका अधिकांश दर्शकहरु संग संगै गाउँदै नाचेका थिए ।

सेन्चुरीको भाकामा रम्नेहरुको धकेलाधकेलले मञ्च वरपरको घेराबार जोगाउन निकै मुस्किल भएको थियो । आयोजक र सुरक्षाकर्मीहरुले पटक पटक अाग्रह गरेपनि घेराबार ढक्याउँदै उफ्रीदै नाच्नेहरुको भिड उस्तै थियो । दर्शकहरुले हरेक गितमा वान्समोर संगै हुटिङ्ग लगाएका थिए । उहाँले दर्शकहरु माझ पुगेर गाउँदै गर्दा दर्शकहरु निकै उत्साहित बनेका थिए ।।

बुधबार कलाकार राष्ट्रिय लोक तथा दोहोरी गायक सेन्च्युरी संगै ल‍ोकदोहोरी गायिका कला लम्साल, सुमन केसी, अलिफ खाँन, अाधुनिक गायम सन्जिब सिं राना सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । यस्तै भोलि विहिबार महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक शिव हमाल, अाधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायक रुपेश कार्की, लोकदोहोरी गायिका सकुन्तला ग‌ैरे, कोपिला न्यौपाने लगाएतको उपस्थिति रहने रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । कार्यक्रम प्रस्तोताको रुपमा कल्पना रेग्मी रहनु हुनेछ ।

बुधबार सार्वजनिक विदा हुनुका साथै राष्ट्रिय ख्याति प्राप्त कालाकारहरुको उपस्थिति तथा जिल्ला स्तरिय भलिबल पनि सुरु भएकाले पनि भिड लागेको थियो। महोत्सवको टिकट विक्री गर्ने स्थान देखि व्यापारिक स्टल, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थल, भलिबल खेल मैदानमा भिड लागेको थियो । मेला स्थल रामतुलसी नमुना माविको खेल मैदान दर्शकहरुले भरिएको थियो । बुधबारको कार्यक्रम रम्भागाउँपालिकाका अध्यक्ष विष्णु प्रसादभण्डारीको प्रमुख अातिथ्यतामा भएको थियो । उहाँले कालीगण्डकी वेशीको उत्थानको लागि संगले नेतृत्व गर्नु पर्ने बताउँदै रम्भा गाउँपालिकाले पनि आवश्यक साथ र सहयोग गर्ने बताउनु भयो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ । संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?