रामपुर महोत्सवमा हिमाल सागर, शिव हमाल लगाएतका कलाकार संगै रमाए दर्शक

पाल्पा, विहिबार तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा दर्शकहरु आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायक शिव हमाल लगाएतका कलाकारहरु संगै रमेका छन् । अपरान्ह पख स्टेज चढेका कलाकारहरुको प्रस्तुतिमा छमछमि दर्शकहरुको हुटिङ्गले महोत्सव गुन्जायमान थियो भने मेला स्थलमा उफ्रीएका उनीहरुले धुलो उढाएका थिए ।

पछिल्लो समय चर्चामा रहेको आधुनिक गित ‘होर हो माया’ एल्बम बाट ‘बगेको खोली फर्किन्छु भन्छ । कालले नि केही बेर पर्खिन्छु भन्छ । तिमीलाई देखेर…’ भन्दै हिमाल सागरले प्रस्तुति राख्दा उनी संगै भाका हाल्दै महोत्सवमा आएकाहरु झुमेका थिए । १ हजार बढी गित गाईसकेका गायक हिमालले ‘कल्लाई थाहा छैन’, ‘ए मायाँ कहिले हो घर बसाउने’, ‘टिमिक्क साडी सिरबन्दी लाउँदा झन के होला’ लगाएका गित गाउनु भएको थियो ।

लोकदोहोरी गायक शिव हमालको दोहोरी भाकामा पनि माहोल निकै तातेको थियो । उनीहरु संगै लोकदोहोरी गायिका सकुन्तला गरै, कोपिला न्यौपाने, गायक घनश्याम रिजाल, रुपेश कार्की, लगायतको रमाइलो प्रस्तुती रहेको थियो । प्रस्तोताको रुपमा कल्पना रेग्मी रहनु भएको थियो ।

विहिबार पनि मेला स्थल रामतुलसी नमुना माविको खेल मैदान दर्शकहरुले भरिएको थियो । भलिबल, दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय डान्स अाईडल, कृषि, घरेलु तथा कुटिर उद्योगका स्थल, बालउद्यान, होटल रेष्टुरेण्ट संगै राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु संगै रम्नेहरुको भिडभाड रहेको थियो ।

शुक्रबार महोत्सवमा लोकगायक बद्रि पंगेनी, आधुनिक तथा गजल गायक राज सिग्देल, लोकदोहोरी गायिका सम्झना लामिछाने मगर,गायक राजन कार्की मोडल विमल अधिकारी अन्जली अधिकारी, लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम प्रस्तोताको रुपमा ढाकाराम पौडेल रहनुहुनेछ ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।

विहिबारको कार्यक्रममा प्रमुख अतिथी गुरु भट्टराई रहनुभएको थियो । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले रामपुर उद्योग वाणिज्य संघले थालेको अभियानमा गल्याङ नगरपालिकाले पनि साथ दिने बताउनुभयो । कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने सहित गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको पनि उपस्थिति रहेको थियो । विहिबार १० हजार बढीले मेलाको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो ।

तस्वीरहरु : ॐ शान्ति डिजिटल स्टुडियोको फेसबुक पेज बाट 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?