रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबलमा नवलपुर पनि सेमिफाईनलमा प्रवेश

पाल्पा, जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा नवलपुर पनि सेमिफाईनलमा प्रवेश गरेको छ । समुह वि तर्फको लिग चरणको अन्तिम खेलमा कपिलवस्तुलाई ३/१ सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

कपिलवस्तु संगको खेलमा नवलपुरले दोस्रो, तेस्रो र चौथो सेट क्रमश २५/१५, २५/१२ तथा २५/१५ अंक सहित हात पारेको हो । कपिलवस्तुले पहिलो सेट २५/२२ अंक सहित हात पारेको छ । समुह वि बाट ४ अंक सहित समुह चरणमा उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । स्याङ्जा विहान कपिलवस्तुलाई पराजित गरे संगै ६ अंक सहित समुह वि को विजेता बनेर सेमिफाईनलमा प्रवेश गरिसकेको थियो ।

कपिलवस्तु १ अंकमा सिमित भएर समुह चरण बाटै बाहिरिएको छ । समुह ए तर्फ लिग चरणको खेल जारी रहेको छ । आज विहान पाल्पा र गुल्मी विच भएको खेलमा पाल्पा सोट सेटले विजयी भएको छ । बाग्लुङ र तनहुँ विच भएको खेलमा बाग्लुङ्ग ३/१ सेटले विजयी भएको छ । अहिले समुह १ तर्फ नै बाग्लुङ्ग र गुल्मी विच खेल भैरहेको छ । समुह ए मा बाग्लुङ, पाल्पा, गुल्मी र तनहुँ रहेको छ ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?