रामपुर महोत्सवमा प्रदर्शनीमा राखिएका कृषि उपज तथा पशुपंक्षि पालनमा उत्कृष्ट कृषकहरु पुरस्कृत

 

पाल्पा, रामपुर महोत्सवमा प्रदर्शनीमा राखिएका कृषि उपज तथा पशुपंक्षि पालनमा उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ । गत माघ २७ देखि २९ गतेसम्म प्रदर्शनीमा राखिएका कृषि उपजहरुको मुल्यांकन गरी शुक्रबार कृषकलाई पुरस्कार वितरण गरिएको हो ।

तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को अवसरमा कृषि तथा पशुपंक्षिपालक कृषकलाई प्रोत्साहन गर्दै प्रदर्शनी आयोजना गरिएको थियो । कृषि मेला प्रदर्शनीका संयोजक सुर्यप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम गरि मन्चस्थल बाट पुरस्कार वितरण भएको थियो । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले उत्कृष्ट किसानलाई पुरस्कार वितरण गर्नुभएको हो । पशुपालनतर्फ गाईभैसी पालनमा प्रथम भट्टराई उन्नत गाईफार्म रामपुर ७, द्वितिय होलस्टिन गाई तथा भैसीफार्म रामपुर ४, तृतीय चुरामणि कृषि तथा पशुपंक्षि कृषिफार्म रामपुर ७, बंगुरपालनमा उत्कृष्ट कृषि तथा पशुपंक्षि फार्म रामपुर ७, बोकापालनमा प्रथम लिला श्रेष्ठ रामपुर ४, द्वितिय नारायण भण्डारी रामपुर ५, तृतीय पार्वति मल्ल रामपुर ४, सान्त्वना दाजुभाइ सप्लायर्स, बाख्राको खोर व्यवस्थापनमा प्रथम जि एग्रोगट फार्म, दित्तिय निर्मल पशुपंक्षि फार्म, तृतीय कृष्णगण्डकी बाख्रापालन फार्म, सान्त्वना युवा समृद्धि बाख्राफार्म हुन सफल भएको छ ।

प्रतियोगीतामा प्रथम, दित्तिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार ५ सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । तरकारी बाली तर्फ गोलभँेडा खेतीमा उत्कृष्ट हुन सफल निस्दी २ का दुर्गाबहादुर मश्राङ्गी, लौका खेतीमा उत्कृष्ट हुन सफल रामपुर ६ का धनमाया पोखरेल, ब्रोकाउली खेतीमा उत्कृष्ट हुन सफल रामपुर ६ का भगवती देवकोटा, रामपुर ६ का गिता अधिकारी, फलफूल तर्फ केराखेती जिनाईनमा उत्कृष्ट रामपुर ५ का सोमबहादुर सेन, स्थानीय केराखेतीमा उत्कृष्ट निस्दि २ का हेमबहादुर राना, स्थानीय मेवामा उत्कृष्ट रामपुर ६ का थुमकला पाण्डेय, कागतिमा उत्कृष्ट रामपुर ६ का चित्रादेवि देवकोटा, मसलाबालितर्फ अदुवामा उत्कृष्ट निस्दी २ का राममाया लामिछाने, बेसारमा उत्कृष्ट रामपुर ६ का शिवप्रसाद बस्याल, रामपुर ५ का माया पाठक, लसुनमा उत्कृष्ट रामपुर ६ का घनश्याम देवकोटा, खाद्यान्नबालीमा मकै खेतीमा उत्कृष्ट रामपुर ६ का चित्रादेवि देवकोटा, फापर खेतीमा उत्कृष्ट रामपुर ५ का जगन्नाथ गैरे, रामपुर ७ का बालिकनदेवि रेग्मी, च्याउ खेतिमा उत्कृष्ट निस्दी ५ का शेरबहादुर सोती, पुष्पखेतीमा उत्कृष्ट रामपुर ४ का सुकमाया सारु, त्यस्तै शान्ति चितौरे, लालबहादुर थापा पुरस्कृत हुनुभएको छ ।

जरेबालितर्फ मुलाखेतिमा रामपुर ६ का भगवती बस्याल, तरुलखेतिमा उत्कृष्ट रामपुर ६ का घनश्याम बस्याल, गाजरखेतीमा उत्कृष्ट रामपुर ८ का बन्दना पोखरेल, पिडालुखेतीमा उत्कृष्ट रामपुर ४ का जिता सार्की भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?