रामपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी विद्यार्थीकाे विमा गरिदिने

पाल्पा , रामपुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्ने खेलाडीहरुको दुर्घटना विमा गर्ने भएको छ । नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भई जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुने खेलाडी विद्यार्थीहरुको नगरपालिकाले विमा गर्ने भएको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी फागुन ७ गते आईतबार माथागढिको सराईमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई शुक्रबार पोषाक वितरण गर्दै विमा गर्ने घोषणा गर्नु भएको छ । उहाँले हरेक खेलाडीको ५ लाख रुपैयाँ बराबरको सामुहिक दुर्घटना विमा गरिदिने बताउनुभयो । खेलाडीको हौसला र सुरक्षाका लागि नगरपालिकाले ७६ जना खेलाडी विद्यार्थीहरुको सामुहिक विमा गरिदिने नगर प्रमुख थापाले बताउनुभयो । विमाले विद्यार्थीहरुको हौसला बढ्ने र संगै खेल प्रति विद्यार्थीहरुको अझ रुची जगाउनका लागि  विमा गर्ने उहाँले बताउनुभयो । रामतुलसी मध्यमिक विद्यालयकाे सभाहलमा खेलाडीहरुलाई जर्सी वितरण गर्दै थापाले अनुशासनका साथ रामपुर नगरपालिकाको शान र गौरवका लागी उत्कृष्ट खेल खेल्न आग्रह गर्नुभयो । खेलले विद्यार्थीहरुको शारिरिक र मानसिक दुवै विकास गर्ने बताउँदै उच्च मनोबलका साथ नगरपालिकाको पहिचान हुने गरी हरेक खेल खेल्न आग्रह गर्नुभएको छ ।

जर्सी वितरण कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यार्थीहरुलाई रामपुर नगरपालिकाको गरिमा उच्च राख्न अनुशासित भएर खेल खेल्न निर्देशन दिनुभयो । यसै विच रामपुर नगरपालिकाकाे कार्यपालिका बैठकले खेलाडी विद्यार्थीहरुको सामुहिक विमा गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रवक्त कपिल बहादुर खाँणले बताउनुभयो । विद्यार्थीहरुको विमा एक बर्षका लागि हुने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?