लोक तथा दोहोरी गायक बद्री पंगेनीले गृहनगर रामपुरमा छमछमी नचाए

पाल्पा, चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनीले शुक्रबार आफ्नै गृहनगरमा दर्शकहरुलाई छमछमी नचाउनु भएको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको आठौं दिन सहभागी दर्शकहरुलाई पंगेनीले आफ्ना दोहोरी भाकाहरु मार्फत छमछमी नचाउनु भएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ २७ देखि सुरु भएको मेलामा पंगेनी संगै आधुनिक तथा गजल गायक राज सिग्देल, लोकदोहोरी गायिका सम्झना लामिछाने मगर,गायक राजन कार्की, मोडल विमल अधिकारी तथा अन्जली अधिकारी लगायतको प्रस्तुति रहेको थियो ।

प्रस्तुतिको सुरुवात मै पंगेनीले सबै भन्दा ठूलो विभेड भनेको जातिय विभेड भएको भन्दै सचेतनाको लागि ‘तिम्रो घरमा मेरी छोरी’ भाकाको गित गाउनु भएको थियो । “कला चल्यो गला चल्यो, मान्छे चलेन । तिम्रो घरमा मेरी छो भान्से चलेन ।” भन्दै दर्शकहरु माझ पुग्दा पंगेनीलाई दर्शकहरुले संगसंगै साथ दिएका थिए । पंगेनीले क्रमश ‘रातो पछ्योरी अनि तातो पछ्यौरी’, ‘पानी सलल’ ‘चप्पलै छिनियो’ तथा पञ्चे बाजा भाका ‘ट्याङ्कुटी ट्याङ्कुटी झ्याई’ झ्याई गाउनु भएको थियो ।

अन्तमा पंगेनीले आफुलाई सर्बाधिक रुपमा चिनाउन सफल ‘ससुरालीमा’ भाका गाउँदै प्रस्तुतिको विट् मार्नु भएको थियो । पंगेनीको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए । आधुनिक तथा गजल गायक राज सिग्देलले ‘उ जितेर गई’, ‘आधीरातमा’ ‘झम्के गुलेली’, ‘विछोडको बेल‌ैमा’ लगाएतका भाका प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम प्रस्तोताको रुपमा ढाकाराम पौडेल रहेका थिए ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुने मेलाको आकर्षणका रुपमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री सहितको ३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग), स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, जिल्ला स्तरिय भलिबल प्रतियोगिता रहेको छ ।  तस्वीरहरु :- ॐ शान्ति डिजिटल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?