खेप्टार दर्छा खानेपानी योजना उपभोक्ता समुहको बार्षिक उत्सव तथा अधिवेशन सम्पन्न

पाल्पा , खोप्टार दर्छा खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समुह रामपुर ४ पाल्पाको २०अ‍ौँ बार्षिक उत्सव तथा १० अ‍ौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर पोखरेलको अध्यक्षतामा भएको बार्षिक उत्सव तथा अधिवेशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्दै नगर प्रमुख थापाले मुल खोल्साको पानी मानव स्वास्थ्यका लागि हानिकारक नहुने भन्दै यस्ता खानेपानी योजनाहरुको संरक्षण र निरन्तरता हुन आवश्यक रहेको बताउनु भएको छ । बोरिङबाट निकालिएको पानीले प्रशोधन गरे पनि मानव स्वास्थ्यमा असर पु¥याउने भन्दै प्राकृतिक रुपमा मुहानबाट आएको पानी शुद्ध र स्वच्छ हुने भएकाले नगर भित्र संचालनमा रहेका खानेपानी योजनाहरुलाई संरक्षण गर्नु पर्ने बताउनुभयो । उहाँले दिर्घकालिन सोच राखेर दिगोपन हुने गरि खानेपानी योजनाहरु संचान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । खानेपानी योजना तथा उपभोक्ता समुहले गरेको कामको प्रसंसा गर्दै उहाँले यसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर रानाले आर्थिक रुपले सम्पन्न र उपभोक्तालाई शुद्ध खानेपानी उपभोग गराएर समुहले उदहारणिय काम गरेको बताउनुभयो । यस्तै सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरिले खानेपानी योजना संचालनमा उत्कृष्ट उपभोक्ता समिति रहेको भन्दै खानेपानी योजना कसरी संचालन गर्ने भन्ने कुरा खोप्टार दर्छा खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समुहबाट सिक्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सहसचिव हमिद अलि मियाँ , सल्लहाकार विष्णु प्रसाद आचार्यले बोल्दै संस्थाको प्रगतिको कामना सहित नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
बार्षिक उत्सवका अवसरमा उपभोक्ता समुहले जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समुहले गत बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा निर्वाचित रामपुर नगरपालिकाका नगर प्रमुख , उपप्रमुख , वडा नं. ४ का वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको हो । सो अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा , उपप्रमुख बाल कुमारी थापा , वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना , सदस्य सिमादेवि थापा , मोहन सिं राना , ताजिम शेख , र कमला नेपालीलाई सम्मान गरेको छ । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरिता केसीले आर्थिक प्रतिवेखन प्रस्तुत गर्नु भएको थियो ।

उपभोक्ता समुहका उपाध्यक्ष पूर्ण बहादुर थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव सुर्य बहादुर थापाले गर्नु भएको थियो । अधिवेशनले विष्णु प्रसाद आचार्य अध्यक्षता रहेको नयाँ कार्य समिति पुनगठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?