पाल्पा जारी जिल्ला स्तरीय पुरुष भलिबलको फाईनलमा प्रवेश

फाईल तस्वीर

पाल्पा, रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा पनि फाईनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाईनल खेलमा पाल्पालाई ३/० सेटले पराजित गर्दैफाईनलमा पुगेको हो ।

लिगचरणको समुह वि का विजेता स्याङ्जाले समुह ए को उपविजेता पाल्पालाई पराजित गरेको हो । स्याङ्जाले आजै हुने फाईनल खेलमा नवलपुर संग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत अहिले  तृतिय स्थानको लागि बाग्लुङ र पाल्पाले प्रतिस्पर्धा गर्दैछ ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा गत फागुन ३ देखि जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?