जिल्ला स्तरीय पुरुष भलिबलमा जिल्ला भलिबल संघ पाल्पा तृतीय हुन सफल

पाल्पा, रामपुरमा भएको जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पा तृतीय भएको छ । तृतिय स्थान छनौट खेलमा जिल्ला भलिबल संघ बाग्लुङलाई ३/१ सेटले पराजित गर्दै तृतिय उपाधी हात पारेको हो ।

माघ २७ देखि फागुन ८ सम्म रातुलसी नमुना माविको खेल मैदानमा जारी रहेको तेस्रो रामपुर महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योगवाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता गत फागुन ३ देखि सुरु भएको थियो । तेस्रो स्थान छनौट खेलमा जिल्ला भलिबल संघ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५/१७, २५/१८, २५/१६ अंक सहित हात पारेको थियो । तेस्रो सेट २५/२२ अंक सहित बाग्लुङले हात पारेको थियो ।

७ जिल्लाको सहभागीतामा भएको प्रतियोगिताको फाईनल खेलमा उपाधीका लागि जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ नवलपुर विच आजै प्रतिस्पर्धा हुँदैछ ।प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत तर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १  हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?