महोत्सवमा स्वदेशी सामान खोज्नेहरुको रोजाईमा अल्लोका सामान

इमान सिं राना
पाल्पा,पछिल्लो समय स्वदेशी उत्पादनको प्रवद्र्धन लागि मेला महोत्सवको आयोजना गरिए पनि आयातित फेन्सीका सामान कै हालिमुहाली देखिन्छ । त्यस्तै फेन्सी सामानहरुको भिडमा स्वदेशी उत्पादनको रुपमा रहेको अल्लोका सामानले पनि आफ्नो पहिचान कायम गर्दै आएको छ ।

झट्ट हेर्दा जुटका सामान जस्तो देखिने अल्लोका सामानले फरक पहिचान बनाउँदै आएको छ । गत माघ २७ देखि रामपुरमा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा पनि कर्मचारी वर्ग र स्वदेशी सामान चिन्नेहरुको रोजाईमा अल्लोका सामान परेको छ । स्वास्थ्यको लागि लाभदायक र टिकाउ हुने भएकाले पनि अल्लोका सामान चिन्नेहरुले महत्वका साथ हेर्ने गरेको सहनशिल दिदी बहिनी अल्लो धागो उद्योग समुह घोराही दाङका अध्यक्ष प्रज्वला वलीले बताउनुभयो ।

उहाँले १० जना दिदी बहिनीहरु मिलेर स्थापना गरेको आफुहरुको उद्योग बाट उत्पादन हुने धागो बाट निर्मिक अल्लोका उत्पादन सामाग्रीको बारेमा प्रचार तथा विक्री गरी स्वदेशि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आफुहरुले मेला महोत्सवमा स्टल राख्दै आएको बताउनुभयो । उहाँले अचेल प्राय मेला महोत्सवको आयोजकले स्टलको लागि बोलाउने गरेको बताउनुभयो । युनिक दिदी बहिनी अल्लो उद्योग घोराही दाङ बाट उत्पादन भएका सामाग्री मेलाहरु मार्फत बजारमा लगिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मेला महोत्सवहरुमा सामाग्री पु¥याउ भ्याईनभ्याई रहेको छ । धेरैले फोन गरेरै बोलाउनुहुन्छ ।’

वलीले महोत्सवमा कर्मचारी वर्ग, पाका पुस्ता र अल्लोको महत्व बुझेकाहरु खोजी खोजी आउने गरेको जानकारी दिनुभयो । समुन्द्र सतहको १२ सय मिटर देखि ३ हजार मिटर सम्मको उचाईमा पाईने गाउँघरमा खेर गइरहेको अल्लो (सिस्नो प्रजातिको वनस्पति ) को धागो बाट तयार भएका सामानहरु विदेशमा पनि निर्यात हुँदै आएको उहाँले बताउनुभयो । नेपालीहरुले स्वदेशी उत्पादनलाई कोसेलीको रुपमा लिएर जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “विगतको तुलनामा पछिल्ले समय नेपालीहरुले सामान खोजी खोजी किनेर प्रयोग गर्न थालेका छन् । विदेशमा पनि लैजाने गर्छन ।”

मेलामा अल्लो तथा हेमको धागो बाट तयार गरिएको टोपी, कोट, जुत्ता, पर्स, बेल्ट, सल, झोला लगाएतका सामाग्रीहरु राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?