स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

स्याङ्जा, स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । जगतभङज्याङ बाट मिर्दी तर्फ ढुङगा लिएर जाँदै गरेकोे ग १ त ६८८६ नं. को ट्याक्टर आइतबार साँझ ८ बजे वालिङ नगरपालिका–६ आम्डाली स्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा चालक चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षिय नविन सुनार र सहचालक वालिङ नगरपालिका ८ मिर्दी बस्ने वर्ष १४ वर्षिय सोविन वि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई सडक बाट अन्दाजी १५ मिटर तल खस्न जाँदा चालक सुनार र सहचालक वि.क. गम्भीर घाईते भएका थिए ।

दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी सहचालकलाई पोखरा रिफर गरिएको थियो । चालक सुनारलाई साढे ९ बजे प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा मृत घोषणा गरेको थियो । सहचालकलाई वि.क.लाई पनि उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा डाक्टरले मृत्यु भएको घोषणा गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?