रामपुर नगरपालिकाद्धारा सांसद तथा उद्योगपति चौधरीलाई स्वागत तथा सम्मान

पाल्पा , प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीलाई रामपुर नगरपालिकामा स्वागत सहित सम्मान गरेको छ । रामपुर नगरपालिकाले सोमबार सांसद चौधरीलाई स्वागत सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै सांसद चौधरीले केन्द्र सरकारको निति र योजना कार्यान्वयन गर्न स्थानिय सरकारको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले केन्द्र सरकारले गर्न नसक्ने काम समेत स्थानिय सरकारले गर्ने बताउनुभयो । पछिल्लो समय संघियताको विरोध भए पनि संघियताले गर्दा नै देश विकासको अहिलेको अवस्थामा आईपुगेको उल्लेख गर्नुभयो । चौधरीले राजनितिले मात्रै कुनै पनि मुलुकलाई सही दिशा दिन सक्ने बताउनु भएको छ । रामपुरको सन्दर्भमा बोल्दै उहाँले डाँडै डाँडा भित्र लुकेको विकास भएको पाएको बताउनुभयो । यहाँको विकास र आर्थिक सम्बृद्धिका लागि सवै एक भएर लाग्न आग्रह समेत गर्नुभयो ।

सांसद चौधरीलाई कार्यकक्षमा स्वागत गर्दै नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाको बस्तुस्थिति बारे जानकारी गराउनु भएको थियो । थापाले नगर भित्र उद्योग व्यवसाय संचालन गर्न चाहे आवश्यक प्रक्रियामा समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नगरका युवाहरुलाई स्वरोजगार बनाउनका बअउद्योग व्यवसाय संचालनका लागि आग्रह समेत गर्नुभयो । रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले गर्नु भएको थियो । सांसद तथा उद्योगपति विनोद चौधरीलाई जनप्रतिनि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?