रामपुर ६ तातोपानी धाममा श्रीमद् भागवत कथा प्रवचन सुरु

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ तातोपानी धाममा आज देखि श्रीमद् भागवत कथा प्रवचन सुरु भएको छ । रामपुर नगर गौशालाको तेस्रो बार्षिक उत्सवको सप्ताह सुरु भएको हो ।

रामपुर नगर गौशाला व्यवस्थापन समितिको आयोजनामा भएको कथा प्रवचन कार्यक्रमको समुउद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले हिन्दु संस्कारमा गाईको गौँत, दुध र गोबरको महत्वको चर्चा गर्दै गाईको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । शुद्धताका लागि गाईको सबै कुरा आवश्यक रहने भन्दै संस्कार बचाउनका लागि पनि गाईलाई बचाई राख्नु पर्ने बताउनुभयो । साथै नगर गौशाला संग जोडिएको कालिगण्डकीले पनि गौशालाको थप महिमामा रहेको भन्दै कालिगण्डकी डाईभर्सन गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख बाल कुमारी थापाले अव्यवस्थित गाईको व्यवस्थापनमा गौशालाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । यसले गाईको व्यवस्थापन मात्र नभई हाम्रो संस्कार संग जोडिएका गाईको महत्वलाई पनि उजागर गरेको बताउनुभयो । साथै आगामी दिनमा यसको दिगोपनाका लागि रामपुर नगरपालिका संधै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले गाईको संरक्षण र गौशालाको व्यवस्थापनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो ।

रामपुर नगर गौशालन व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको श्रीमद् भागवत कथा प्रवचन समुद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गौशाला व्यवस्थापन समितिका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन सचिव बासुदेव ढकालले गर्नु भएको थियो । मंगलबार बाट सुरु भएको सप्ताह फागुन १५ गते सम्म संचालन हुने छ । सप्ताहमा भागवत मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा प्रवचन भईरहेको छ । प्रवचनको पूर्व सन्ध्यामा कलश यात्रा सहित विभिन्न सांस्कृतिक झाँकी सहित ¥याली निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?