“हरियाली रामपुर बनाउन सिंचाई उपभोक्ता समितिकाे भुमिका  महत्वपूर्ण हुन्छ “- नगर प्रमुख थापा

पाल्पा , रामपुर फाँट सिंचाई जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३४ औँ बार्षिक उत्सव तथा १४ औँ परिषद् भेला बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हरियाली रामपुर नगरपालिका बनाउनका लागि सिंचाई उपभोक्ता समितिले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । रामपुरको उर्वर भुमिलाई सिंचित गर्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो -” रामपुरलाई हरियाली बनाई कृषि क्षेत्रको विकास गर्न सिंचाई योजना विषेश योजनाका साथ लाग्न आवश्यक छ , जब सम्म कृषि क्षेत्र , स्वास्थ्य क्षेत्र लगाएत हरेक क्षेत्रको विकास हुँदैन तब सम्म रामपुरको विकास हुँदैन  , विकसित रामपुर नगरका लागि सवै क्षेत्रको विकास हुन पर्छ ।” मानिसको जिवन संग जोडिएको र नगरका हरेक घर घर र व्यक्ति व्यक्ति संग जोडिएको सिंचाई क्षेत्रको विकासमा सवैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सिंचाई जल उपभोक्ता समन्वय समिति प्रति आम उपभोक्ताको चासो कम भएको भन्दै ध्यानाकर्षण गर्नुभयो । सिंचाईको विकासका लागि प्रदेश र संघीय सरकार संग समन्वय गरेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई , नेकपा एमालेका नगर अध्यक्ष विष्णु प्रसाद रेग्मी , नेकपा एस रामपुरका नगर अध्यक्ष फणेश्वर गौतम , उपभोक्ता समितिका सदस्य प्रेम बहादुर पोखरेलले बोल्दै संस्थाको प्रगतिको कामना सहित शुभकामना दिनुभयो । कार्यक्रममा समितिका अध्यक्ष हिरण्यराज रेग्मीले सिंचाई योजनाले करिब ५ हजार कृषकका करिब १२ हजार हेक्टर जमिन सिंचित गर्दै आएको जानकारी दिदैँ नहरको अवस्था जिर्ण रहेको जानकारी दिनुभयो ।रामपुर ५ नहर अफिस प्राङ्गण मा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष मधु पाठकले ८० लाख ८० हजार ५ सय  ४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

समितिका अध्यक्ष हिरण्यराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका सदस्य हमिद अलि मियाँको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश रेग्मीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?