नेपाल मगर संघ रामपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राम बहादुर हिस्की थापा

पाल्पा, नेपाल मगर संघ रामपुर नगर समिति रामपुर पाल्पाको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघले शनिबार एक कार्यक्रम गरी अधिवेशन संगै रामपुर नगरपालिकामा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

अधिवेशनको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समुदाय भित्र रहेका भाषा र संस्कृति हाम्रो मौलिक सम्पदा रहेको भन्दै यसको संरक्षण र सम्वद्र्धनका लागि एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले मगर समुदाय संगै अन्य समुदायको पहिचान संगै संस्कृतिको रक्षा गर्न आवश्यक सहयोग गर्न पहल गर्दै आएको बताउँनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समुदायको आर्थिक तथा सामाजिक विकासमा प्रतिवद्ध भएर लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धन बहादुर राना, रामपुर नगरपालिका ९ का वडा अध्यक्ष दिल बहादुर राना, नेपाल मगर संघ रामपुरका सल्लाहकार संयोजक बोम बहादुर थापा, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार संयोजक राम बहादुर हिस्की थापा, नेपाल मगर संघका सल्लाहाकार भोग बहादुर चिदी, नेपाल मगर संघरामपुर २ का अध्यक्ष देव बहादुर राना, नेपाल मगर संघ रामपुर ३ का अध्यक्ष दान बहादुर राना, एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व सहसचिव सुनिता राना र समाजका सल्लाहाकार मञ्जु देवी रानाले मगर समुदायको उत्थान संगै संस्कृतिको संरक्षण थप सक्रियता आवश्यक रहेको बताउनु भएको थियो ।

नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष थर्क बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम एकिकृत मगर उत्थान समाजका अध्यक्ष एवं संघका सदस्य क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, मगर समुदाय बाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

संघको अध्यक्षमा राम बहादुर हिस्की थापा

नेपाल मगर संघ रामपुरको अध्यक्षमा राम बहादुर हिस्की थापालाई चयन गरेको छ । संघको दोस्रो अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्य नगरसमिति चयन गरेको हो ।

समितिको सह–अध्यक्षमा भोज बहादुर राना, उपाध्यक्षमा धन बहादुर थापा(राम प्रसाद), सचिवमा कमल राना, सहसचिवमा लक्ष्मण थापा, कोषध्यक्षमा नरदेवी थापा(हरि), सहकोषध्यक्षमा देउतीकुमारी थापा रहनु भएको छ । सदस्यहरुमा विपना सारु, दिल बहादुर रामजाली, गुनीसरा कामु र तेज बहादुर रानालाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?