पाल्पामा भरुवा बन्दुक सहित २ जना पक्राउ

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ६ बाट प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिनाउ गाउँपालिका ६ घोर्लीघाट बस्ने ५८ वर्षिय निर बहादुर थापा र सोही स्थानका २८ वर्षिय टिकाराम सारु रहेका छन् ।

शनिबार राती पौने ९ बजेको समयमा निर बहादुर सारुले १ नाले भरुवा बन्दुक बोकी हिडेको भन्ने सुचनाको आधारमा प्रहरी चौकी हार्थोक बाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउन गरेको हो । खानतलासी गर्दा उहीहरुको साथ बाट एक थान एक नाले भरुवा बन्दुक, २५ वटा फलामका टुक्रा र ७० ग्राम बारुद फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई सम्मानित जिल्ला अदालत पाल्पा बाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?