प्रधानमन्त्रि रोजगार सम्बन्धि  अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकामा  प्रधानमन्त्रि रोजगार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत कामको  पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभावकारी नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रि रोजगार कार्यक्रमको सही सदुपयोग हुन नसकेको बताउँदै परिमार्जन गर्न आवश्यक रहेको औँल्याउनुभयो । प्रधानमन्त्रि रोजगार कार्यक्रम आय आर्जनमुलक र सिपमुलक हुनु पर्ने नगर प्रमुख थापाले बताउनुभयो । संघीय सरकारबाट आएको बजेट मार्फत संचालन हुने प्रधानमन्त्रि रोजगार कार्यक्रम स्थानिय सरकार संग समन्वय र लागत सहभागितामा संचालन गर्ने गरी दिर्घकालिन योजना बनाएर अगाडी बढ्न सके  बढि प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै नगर भित्रका हरेक वडाले प्रधानमन्त्री राेजगार कार्यक्रम सञ्चालन गर्दा वेराजगार सुचिमा सुचिकृत भएका वेरोजगार युवाहरुको सहभागितामा उत्कृष्ट काम गर्न थापाले आग्रह गर्नु भएको छ ।

यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले वडामा प्रधानमन्त्रि रोजगार कार्यक्रम संचालन गर्दा यसको प्रभावकारीताका लागि वडा अध्यक्ष र वडा सचिवको मुख्य भुमिका हुने भएकाले सही योजना र जनशक्ति छनौट गर्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले प्रधानमन्त्रि रोजगार कार्यक्रम सञ्चालन , रोजगार सम्बन्धि संवैधानिक व्यवस्था , रोजगारीको अवस्था , आयोजना छनौट लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको स्वागत र सुचना प्रविधि शाखा प्रमुख महेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?