पाल्पा, वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनीको आफ्नै शब्द र स्वरमा रहेको ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ । बुधबार पंगेनीले आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गर्नु भएको थियो ।
पैसा सापटी दिएर उल्टै झमेलामा परेका समाजका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा सरल ढंगले प्रस्तुत गर्नुभएको छ । गितमा महिला आवाजमा गायिका रचना रिमालले साथ दिनु भएको छ । संगित संयोजन विश्वास नेपालले गर्नु भएको छ । पैसा लिने बेलामा अनेक वहाना, समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ ।
भिडियोमा सागर लम्साल ‘बले’, अनु रेग्मी, नन्दा बस्याल, सन्तोष पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । गितको सुरुवात मै भनिएको छ,
एक महिनालाई सापटी माग्यो, एक वर्ष भो कता भाग्यो ।
सापटी नदयो आफन्ती टाढा, सापटी दिँदा बिग्रियो सारा ।
उफ……
तिम्रो ढाँट्ने बानीले, बोल्न बाध्य गरायो ।
राम्रो थियो हाम्रो सम्बन्ध
पैसा सापटी दिए पछि बोलचाल हरायो ।
पैसा सापटी लगे पछि साथी हरायो ।
पैसा सापटी लगे पछि भेटघाट हरायो ।
……………………
सापटी माग्ने आफ्नैले हैछन्, जानेर फिर्ता नदिने रैछन् ।
मेरो नि छैन पैसाको रुख, हातले दियो खुट्टालाई दुःख ।
उफ……
तिम्रो ढाँट्ने बानीले, बोल्न बाध्य गरायो ।
राम्रो थियो हाम्रो सम्बन्ध
पैसा सापटी दिए पछि बोलचाल हरायो।
पैसा सापटी लगे पछि भेटघाट हरायो ।
पैसा सापटी दिए पछि बोलचाल हरायो ।
यी र यस्तै शब्द सहित पैसा सापटी दिँदा मानिसहरू कसरी समस्यामा पर्छन् भन्ने समसामयिक अवस्थालाई समेटेर तयार पारिएको गीत टिकटक, सामाजिक सञ्जालमा छाईरहेको छ । मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नजान्ने बेथिति बढी रहेको समसामयिक अवस्थालाई समेटेर गायक बद्री पंगेनीले पैसा सापटी नामको गीत बजारमा ल्याउनु भएको हो ।
पैसा माग्दा आपती परेको देखाउने, छोराछोरीको दुःख देखाउने, पैसा नभएको चेक दिने, पैसाकै कारण आफन्त टाढा हुने, साथीभाई टाढा हुने, भएको सम्बन्ध पनि बिग्रने लगायतको यथार्थतालाई गीत सहितको भिडियोमा समेटिएको छ ।
पुरा हेर्नुहोस् गितको भिडियो