रामपुरमा जारी पाँचौ मेयर कप अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा वडा नं. ३ र १० फाईनलमा प्रवेश

पाल्पा, रामपुर नगरपालिका वडा नं. ३ र १० पाँचौ मेयर कप २०७९ अन्तर्गत पुरुष भलिबल प्रतियोगिताकशध फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाईनल खेलमा विजयी हुँदै दुवै टिम फाईनलमा प्रवेश गरेको हो ।

रामपुर नगरपालिका ५ किसानबारीमा जारी प्रतियोगितामा सेमिफाईनलको पहिलो खेलमा २५/१७ र २५/१९ अंक सहित सोझो सेटमा वडा नं. ३ ले ४ लाई पराजित गर्दै फाईनलमा पुगेको हो । त्यस्तै पुरुष भलिबल तर्फ कै दोस्रो सेमिफाईनल खेलमा वडा नं. १० ले वडा नं. २ लाई २/० को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ । दुवै सेट २५/२३ र २५/२३ अंक सहित वडा नं. १० ले हात पारेको थियो । वडा नं. ४ र २ शुक्रबार विहान तृतिय उपाधीका लागि प्रतिस्पर्धा गर्दैछ । विजेता समुह उपाधीको लागि भिड्ने छ ।

यता आधारभूत माविको खेल मैदानमा भएको महिला भलिबल प्रतियोगितामा वडा नं. १ र ९ फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेलमा वडा नं. ६ लाई वडा नं. १ ले २/१ सेटमा पराजित गर्दै फाईनलमा पुगेको हो । त्यस्तै वडा नं. ९ ले वडा नं. ४ लाई २/१ सेटले पाराजित गरेको छ ।

पुरुष फुटबल प्रतियोगितामा वडा नं. ५ र वडा नं. ७ फाईनलमा पुगेको छ । पहिलो सेमफाईनल खेलमा वडा नं. ४ लाई २/१ गोलले पछि पार्दै वडा नं. ५ ले फाईलनको यात्रा तय गरेको हो । खेलको पहिलो हाफ १/१ गोलको बराबरीमा टुङ्गीएको थियो । अन्तमा दोस्रो हाफको अन्तिममा पेनाल्टी सुटमा वडा नं. ५ ले गोल गर्दै जित हात पारेको थियो । यस्तै वडा नं. ३ र ७ विचको खेलमा वडा नं. ७, २–० गोल सहित फाईनलमा पुगेको छ ।

यता रामपुर ५ मटेरीमा भैरहेको क्रिकेटमा पनि पहिलो सेमिफाईनल खेल सम्पन्न भएको छ । पहिलो सेमिफाईनल खेल वडा नं. ६ लाई पराजित गर्दै वडा नं. ४ फाईनलमा पुगेको छ । प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल भोलि विहान वडा नं.  ५ र ७ विच हुँदैछ । मेयर कपमा व्याडमिन्टन प्रतियोगिता तथा पुरुष सटफुट प्रतियोगिता पनि रहेको छ । प्रतियोगिताको शुक्रबार समापन गरिदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?