रामपुर नगरपालिका न्यायीक समितिद्वारा मेलमिलाप केन्द्रहरुको अनुगमन

पाल्पा , रामपुर नगरपालिका न्यायीक समितिले  मेलमिलाप केन्द्रहरुको अनुगमन गरेको छ । समितिले बिहीबार  नगरपालिका भित्रका वडामा रहेको मेलमिलाप केन्द्रहरुको अनुगमन गरेको हो । न्यायीक समिमिले वडा नं. ४ , ५ र ६ मा मेलमिलाप केन्द्रको अवस्थाको बारेमा अनुगमन गरेको छ ।

वडा नं. ६ को मेलमिलाप केन्द्रको अनुगमनमा सहभागि हुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मेलमिलापकर्ताले वडा भित्र हुने विभिन्न विवादको समाधान गरी सहजिकरण गर्न आग्रह गर्नुभयो । वडा भित्रका विवाद वडा मै मेलमिलापकर्ताले समाधान गर्नु पर्ने र वडा कार्यालयमा आएका विवादको अभिलेखिकरण राख्न आवश्यक रहेको बताउनुभयो ।

विभिन्न वडामा मेलमिलाप केन्द्रको  अनुगमन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले सवै वडामा मेलमिलाप केन्द्र हुनु पर्ने भन्दै नभएका वडामा तत्काल स्थापना गर्न निर्देशन दिनु भएको छ । हरेक वडामा नगरपालिकामा सुचिकृत भएका मेलमिलाप कर्ताहरुलाई विवाद समाधान र मेलमिलापका लागि सहज वातावरण बनाउन मेलमिलाप केन्द्र स्थापना गर्न निर्देशन दिनु भएको हो । वडामा भएका विभिन्न विवाद समाधानका लागि छलफलको माध्यमबाट मेलमिलाप गर्न वडाका मेलमिलाप कर्ताले भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । हरेक विवादको समाधानका लागि सकभर वडा मै छिटो छरितो मेलमिलाप गर्नु पर्ने भन्दै  नगर उपप्रमुख थापाले वडामा सम्भव नभए मात्र माथिल्लो निकाय नगर स्तरिय न्यायीक समितिमा पठाउन आग्रह गर्नुभयो । नगर भित्र भएका विभिन्न विवाद समाधान गरि न्याय सम्पादनमा सहज होस भन्ने हेतुले नगर भित्रका सवै वडामा मेलमिलाप केन्द्रको अनुगमन गरिने बताउनुभयो । साथै जनताको सहजताका लागि हरेक वडामा मेलमिलाप केन्द्र अनिवार्य रुपमा स्थापना गर्न आग्रह गर्दै मेलमिलापकर्ताको काम , कतव्र्य र अधिकारको बारेमा जानकारी सहितको सामग्री हस्तान्तरण गरिएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा वडा नं. ४ ,५ र ६ मा भएको अनुगमन तथा सामग्री हस्तान्तरण कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाका पुजा परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?