पाचौं मेयर कप अन्तर्गत पुरुष भलिबलको उपाधी वडा नं. ३ र महिला भलिबलको उपाधी वडा नं. १ लाई

पाल्पा, रामपुरमा सम्पन्न पाचौं मेयर कप अन्तर्गत भएको पुरुष भलिबल प्रतियोगिताको उपाधी रामपुर नगरपालिका–३ ले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा रामपुर नगरपालिका १० लाई ३/० को सोझो सेटमा पराजित गर्दै वडा नं. ३ ले उपाधी जितेको हो ।

रामपुर ३ ले पहिलो, दोस्रो र तेस्रो सेट लगातार २५/२१, २५/२३ र २७/२५ अंक सहित हात पारेको हो । यस संगै रामपुर १० ले द्वितिय स्थान हासिल गरेको छ । प्रतियोगिताको तृतिय उपाधी रामपुर २ ले प्राप्त गरेको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा रामपुर४ लाई ३÷१ सेटले पछि पार्दै रामपुर २ ले जितेको हो । पहिलो खेल रामपुर ४ ले २५/१९ सहित हात पारेको थियो ।  अन्तत दोस्रो, तेस्रो र चौथो सेट लगातार २५/१९, २५/१७ र २८/२६ सहित हात पार्दै रामपुर २ ले तृतिय स्थान हासिल गर्न सफल भएको हो । यता महिला भलिबल प्रतियोगिताको उपाधी विजेता रामपुर नगरपालिका वडा नं. १ भएको छ । फाईनल खेलमा रामपुर ९ लाई २/० को सोझो सेटमा पाजित गर्दै वडा नं. १ ले उपाधी हात पारेको हो ।

वडा नं. १ ले पहिलो र दोस्रो सेट २७/२५ र २९/२७ अंक सहित हात पारेको थियो । यस संगै वडा नं. ९ प्रतियोगितामा द्वितिय भएको छ । महिला भलिबलमा रामपुर नगरपालिका ६ तृतिय भएको छ । २/१ सेटले वडा नं. ४ लाई पछि पार्दै रामपुर ६ ले तृतिय स्थान हासिल गरेको हो । राामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा रामपुर नगरपालिका ७ किसानबारीमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितिय र तृतिय उपाधी विजेताले क्रमश नगद ५१ हजार, १ सय ११, ३१ हजार १ सय ११, र १५ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । महिला तर्फ प्रथम, द्वितिय र तृतिय उपाधी विजेताले नगद ३१ हजार १ सय ११, २१ हजार १ सय ११ र ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?