पाल्पा, रामपुरमा गत फागुन १६ देखि सुरु भएको पाचौं मेयर कप अन्तर्गत भएको फुटबल प्रतियोगिताको उपाधी रामपुर नगरपालिका वडा नं. ७ ले जितेको छ । पुरुष फुटबल प्रतियोगिताको फाईनल खेलमा रामपुर नगरपालिका वडा नं. ५ लाई २/१ गेल अन्तरले पराजित गर्दै वडा नं. ७ ले उपाधी हात पारेको हो ।
फाईनल खेलको पहिलो हाफको ६ मिनेटमा गोल गर्दै वडा नं. ७ का हरि सारुले ६ टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफ कै २२ मिनेटमा वडा नं. ७ का अनिल सुनारले गोल गर्न सफल भयो । वडा नं. ५ संगको कडा प्रतिस्पर्धाका विच वडा नं. ७ ले २ गोलले अग्रता लिएको थियो । दोस्रो हाफको १८ औं मिनेटमा वडा नं. ५ का खेलाडी निर बहादुर सोमैले समुहको खातामा १ गोल जोड्न सफल भएको थियो । खेलको अन्तिम समय सम्म पनि खेलमा निकै प्रतिस्पर्धा भए पनि सोमैको गोल पश्चात कसैले गोल गर्न सकेन । यस संगै वडा नं. ५ उपविजेता बनेको छ ।
तृतिय स्थानको लागि भएको खेलमा वडा नं. ३ लाई २/० गोलले पछि पार्दै वडा नं. ४ ले उपाधी जितेको छ । खेलको पहिलो र दोस्रो हाफमा वडा नं. ४ ले १/१ गोल गर्न सफल भएको थियो ।
यता क्रिकेट प्रतियोगितामा वडा नं. ७ लाई हराउँदै वडा नं. ४ ले उपाधी जितेको छ । टस जिटेर व्याटिङ गरेको वडा नं. ७ ले वडा नं. ४ समक्ष १ सय २२ रन ल्याउँदै १ सय २३ रनको टार्गेट दिएको थियो । टार्गेट पछ्याएको वडा नं. ७ निर्धारित ओभरमा ६९ रन मै अलआउट भएको थियो । यस संगै वडा नं. ७ उपविजेता बन्न सफल भएको छ । प्रतियोगितामा फुटबलका प्रथम, द्वितिय र तृतिय उपाधी विजेताले क्रमश नगद ५५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५ र २१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।
क्रिकेट तर्फ विजेता र उपविजेताले ३५ हजार र १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ ।