रामपुर उद्योग वाणिज्य संघ द्वारा रामतुलसी माविको खेल मैदान सरसफाई

पाल्पा, रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला स्थलको सरसफाई गरेको छ । गत माघ २७ देखि फागुन ८ सम्म रामतुलसी माविको खेल मैदानमा भएको मेला स्थलको शनिबार सरसफाई गरेको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सम्पन्न भएको मेला स्थलको संघका पदाधिकारी संगै सुरक्षा बेस रामपुरका नेपाली सेना र ईलाका प्रहरी कार्यालय रामपुरका नेपाल प्रहरीले संयुक्त रुपमा सरसफाई गरेको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेला स्थलका सामाग्रीको व्यवस्थापन पश्चात शनिबार सरसफाई गरिएको जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक स्थलको प्रयोग प्रश्चात त्यसको सरसफाई गर्नु तथा स्वच्छ र सफा राख्नु हामी सबैको कर्तव्य रहेको भन्दै रामपुर क्षेत्रका बजार क्षेत्रमा पनि सरसफाईलाई निरन्तरता दिने बताउनुभयो । रामतुलसी माविको खेल मैदान वरपर रहेका पलाष्टिक जन्य फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?