पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित हुनु भएको छ । यस अघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतमा रहनु भएका कार्की शुक्रबार तानसेनमा सम्पन्न अधिवेशन बाट निर्वाचित हुनु भएको हो ।
कार्कीले अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिमा उम्मेद्वारी दिनु भएको थियो । यस्तै गरी उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुईटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित हुनु भएको छ । शाखाको कोषाध्यक्षमा सन्तोष खनाल, उपमन्त्रीमा कमलराज भट्टराई, उपकोषाध्यक्षमा सन्तोष कुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।
यसैगरी शाखा सदस्यमा शारदा केशी रायमाझी, मिना कुमारी राना, भगवती न्यौपाने अर्याल, डा.झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिल्सीना, मोतिराज अधिकारी निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई जिल्लामा अझ व्यवस्थित किसिमले लैजाने जिम्मेवारी आएको नवनिर्वाचित सभापति बाबुुराम कार्कीले बताउनुभयो ।