उपकार सुपर मार्ट प्रा.लि.को प्रथम साधारण सभा सम्पन्न

पाल्पा, उपकार सुपर मार्ट प्राईभेट लिमिटेड रामपुर–५ पाल्पाको प्रथम साधारण सभा सम्पन्न भएको छ । प्रा.लिले शनिबार रेशम सभाहल मटेरीमा भेला गरी साधारण सभा सम्पन्न गरेको हो ।

उपकार सुपर मार्ट प्राईभेट लिमिटेडका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ शेयर सदस्य सुवेदार कृष्ण बहादुर आलेको प्रमुख अतिथ्यतामा भएको थियो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी आलेले स्थानीय माग र आवश्यकतालाई परिपूर्ति गर्दै अझ बढ्न शुभकामना दिनुभयो । कार्यक्रममा सल्लाहाकार संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, लेखा समिति संयोजक क्याप्टेन ओमनारायण श्रेष्ठ, प्रचार प्रसार समिति संयोजक क्याप्टेन धन बहादुर श्रेष्ठ, शेयर सदस्य मञ्जु भट्ट, तुलसी गौतम, नारायण कंडेल र श्रीदेवि केसीले आफ्नो भनाई राख्नु भएको थियो ।

उपकार सुपर मार्ट प्रा.लि.का अध्यक्ष गौतमले कम्पनीले हाल सम्म प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी गराउँनु भएको थियो । उहाँले मार्टको अन्य शाखा विस्तारको रणनीति लिएको बताउनुभयो । साथै साधारण सभामा संस्थाका कोषाध्यक्ष क्याप्टेन बल बहादुर जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सञ्चालक समिति सदस्य ललित बहादुर जिसीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य दिल बहादुर पुलामीले गर्नु भएको सचिव सन्तोष पौड्यालले जानकारी दिनुभयो । प्रा.लि.ले दैनिक उपभोग्य सामाग्रीहरु रामपुर ५ ठूलोटार स्थित मार्ट बाट विक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?