होलीको तयारी (फोटो फिचर सहित)

पाल्पा, प्रेम, सद्भाव, उमङ्ग र रङ्गहरुको पर्व होली भोली (सोमबार) पहाडमा र मंगलबार तराईमा धुमधामका साथ मनाईदै छ । कोरोना महामारी पश्चात गत वर्ष देखि होली पर्वको रौनक बढेको छ । विगतमा तराई क्षेत्र विशेष पर्वको रुपमा होलीलाई लिइन्थ्यो ।

पहाडमा फागु गाउँदै नाचेर होली खेलिए पनि पछिल्लो समय भने रंङ्ग लगाएर आपसी सद्भाव बाँड्ने प्रचलन बढ्दो क्रममा रहेको छ । रंगहरूको पर्व होली नजिकिएसँगै रंग, टिसर्ट र पिचकारीको व्यापार बढेको छ । विशेषगरी बालबालिका र युवा पुस्ता होलीका लागि टिसर्ट र पिचकारीको प्रयोग बढी गर्छन् । होलीको अघिल्लो दिन आज पाल्पाको रामपुर, तानसेन तथा अन्य बजार क्षेत्रमा होलीको सामान किन्नेहरूको उपस्थिति देखिन्थ्यो । पसलहरु होलीका सामानले सजिएका छन् । हेरौं रामपुरको मुख्य बजार बेझाँडमा लिईएका तस्वीरहरु ।

तस्वीरहरु : इमान सिं राना बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?