भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुलमा विद्यार्थी विच वडा अध्यक्षहरुको परिचयात्मक कार्यक्रम

पाल्पा, भू.पू. सैनिक राईजिङ्ग इङ्गलिश सेकेण्डरी स्कुल रामपुर ५ मटेरी पाल्पामा विद्यार्थी विच वडा अध्यक्षहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीलाई जनप्रतिनिधिहरु संग परिचय गराउनुका साथै वडा तथा नगरले प्रदान गर्ने सेवा र सुविधा, जनप्रतिनिधिको भुमिकाको विषयमा जानकारी दिन कार्यक्रम गरेको हो ।

कार्यक्रम बोल्दै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले विद्यालयले सैद्धान्तिक ज्ञान संगै व्यवहारिक शिक्षा विशेष जोड दिएको बताउनुभयो । उहाँले समाजरुपान्तरणका लागि व्यवहारिक ज्ञानको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले यी र यस्ता गतिविधिले विद्यार्थीलाई समाज प्रति सचेत र जिम्मेवार बन्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण नीतिगत रुपमा फरक रहे पनि रामपुर नगरपालिकाले समान रुपमा हेरिरहेको बताउनुभयो ।

 

कार्यक्रममा रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी, रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दामोदर पाठक, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी, वडा नं. ८ का वडा अध्यक्ष दिनेश कुमार आचार्य र रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँ नेपालीले बोल्दै आफ्ना वडा भित्र भएका विकास संगै शिक्षाको क्षेत्रमा भएका गतिविधि प्रस्तुत गर्नु भएको थियो । विद्यालयका प्रिन्सिपल गोपी सिग्देलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विद्यालयमा सञ्चालन हुँदै आएका फरक गतिविधिको बारेमा जानकारी दिनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका छात्रा मनिषा नेपालीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हरि प्रसाद भट्टराईले गर्नु भएको हो । कार्यक्रममा सहभागी अतिथीहरुलाई विद्यालयका राष्ट्रिय सेवा दलले मार्चपास सहित भव्य रुपमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?