नेपाल शिक्षक संघ रामपुरको दोश्रो नगर अधिवेशन सम्पन्न, डोलराज रेग्मीको अध्यक्षतामा समिति गठन

पाल्पा, नेपाल शिक्षक संघ रामपुर पाल्पाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार बेझाँडमा अधिवेशन भएको हो ।

नमस्ते होटलको सभाहलमा भएको अधिवेशनको समुद्घाटन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विकासको आधार शिक्षा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षाको माध्यम बाट विकास भएको विचार र सिद्धान्तको आधारमा नै राजनीतिक, सामाजिक तथा पूर्वाधार विकास हुने हो ।” शिक्षक भन्दा माथि अन्य पद हुनै नसक्ने बताउँदै शिक्षकहरुको मार्गनिर्देशन अनुसार नगरको शिक्षालाई अघि बढाउने बताउनुभयो । उहाँले शिक्षासंग जोडिएका व्यक्तिलाई समाजले महत्वका रूपमा हेर्ने र सोहि अनुसार शिक्षण कार्यमा तल्लीन भएर लाग्न सबै शिक्षकलाई आग्रह गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले शिक्षा लोकतन्त्रको आधार भएको बताउँदै जुन सुकै क्षेत्रमा लागे पनि गुरुहरुको मार्गदर्शनमा हिड्न सके सफलता प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले शिक्षाको सुधारका लागि शैक्षिक कार्यशाला बेला बेलामा हुनु आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले पदलाई नभई संगठन मजबुत बनाएर अगाडि बढ्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी तथा रामपुर नगर शिक्षा सल्लाहाकार टोपबहादुर श्रेष्ठ, नेपाल शिक्षक महासंघ पुर्व संघिय प्रतिनिधि महेन्द्रराज थापा, नेपाल शिक्षक महासंघ जिल्ला उपाध्यक्ष टंकनाथ पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको कामना दिनु भएको थियो । नेपाल शिक्षक संघका नगर अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षतामा भएको उट्घाटन समारोह उपाध्यक्ष डोलराज कंडेलको स्वागत र सचिव डोलराज रेग्मीको सञ्चालनमा भएको थियो ।

अध्यक्षमा रेग्मी चयन

संघको सम्पन्न अधिवेशनले डोलराज रेग्मीको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तारा भण्डारी, मन बहादुर नेपाली, सचिवमा दिपेन्द्र भट्टराई, अर्थसचिवमा गोविन्द लम्साल, सहसचिवमा धुर्व भण्डारी, सावित्रा खनाल, विनोद भट्टराई, सभावेशी तर्फ सहसचिवमा बसन्ती श्रेष्ठ, सुष्मा रानालाई चयन गरेको छ ।

सदस्यहरुमा तुलसी भण्डारी, तेज प्रसाद पोख्रेल, विष्णु बहादुर अर्याल, कृष्ण प्रसाद भण्डारी, अनिल कुमार ढुङ्गाना, शम्भु अर्याल, तुलसी गौतम, मुना शाह, नागेन्द्र काफ्ले, टिकामाया थापा, मुक्तिनाथ पंगेनी, पिताम्बर पोख्रेल, प्रकाश भट्टराई, रवि भण्डारी, सुन्दर न्यौपाने, आनन्त पन्त र अब्दुल रहमान शेख रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?