शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियु सभापतिका लागि नेवि संघका ल्याकत अलि र अनेरास्ववियुका सन्देश ढकालको उम्मेदवारी

ल्याकत अलि र सन्देश ढकाल

पाल्पा, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पा सभापतिका लागि ल्याकत अलि र सन्देश ढकालको उम्मेदवारी परेको छ । अलिले नेपाल विद्यार्थी संघ (नेवि संघ) बाट र ढकालले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उम्मेदवारी दिनु भएको हो ।

प्रत्यक्ष तर्फ नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त गठबन्धन रहेको छ । त्यस्तै प्रत्यक्ष तर्फ नै गठबन्धन बाट सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु, सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनाल र महेश राक्सेको उम्मेद्वारी परेको छ । अनेरास्ववियु बाट सभापतिमा सन्देश ढकाल, सचिवमा रमा श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा वि.क., सदस्यहरुमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समर बहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनालको उम्मेदवारी रहेको छ ।

समानुपातिक तर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेको स्ववियु निर्वाचन अधिकृत सुर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो । जस अनुसार समानुपातिक तर्फ नेवि संघ बाट दर्पण सोती, जनक पाण्डे, बन्दना गैरे, लक्ष्मी श्रेष्ठ, विवेक नेपाली, आशिष पोखरेल, दिक्षा ज्ञावली, विपिन गैरे, योगिता पंगेनी, निकिता पाठकको नाम सिफारिस गरेको छ ।

यता अनेरास्ववियुले नविना रेग्मी, त्रिशन न्यौपाने, शितल अधिकारी, नारन भण्डारी, शिरिषा विश्वकर्मा, सच्चा रेग्मी, राधिका गौतम, पवन भण्डारी, मिलन पौडेल र विमल गौतमको नाम पेश गरेको छ । अनेरास्ववियु क्रान्तिकारीले चनिसरा सोती, हेम कुमारी सोती, विनु सोती, कान्तिसरा सुनारी, ममता सुनारी र राममाया सोतीको नाम पेश गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । स्ववियु निर्वाचनमा यस पटक १५ जना स्ववियु पदाधिकारी मध्ये ८ पद प्रत्यक्ष बाट र ७ पद समानुपातिक बाट चयन हुँदैछ ।

उपसभापति, सहचिव लगाएतका पदाधिकारीहरु समानुपातिक बाट चयन हुनेछ । स्ववियु निर्वाचन अन्तर्गत आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?