नेपाल शिक्षक संघ निस्दीको अध्यक्षमा विष्णु प्रसाद रेग्मी चयन

पाल्पा, नेपाल शिक्षक संघ निस्दी गाउँपालिकाको अध्यक्षमा विष्णु प्रसाद रेग्मी चयन हुनु भएको छ । संघको दोस्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको हो ।

समितिको उपसभापतिमा खेम कुमारी राई, तुल्सीराम खन्गाहा, सचिवमा सुदन परियार, अर्थ सचिवमा दिलराम राना, सहसचिवमा लाल बहादुर सोती, महिला सहसचिवमा मञ्जु न्यौपाने, अर्थ सहसचिवमा खुम बहादुर सुनारी, सहसचिव समावेशीमा मनमायाँ राना, लाल मायाँ राना, सदस्यहरुमा ओममायाँ राना, निर्मला कालुङ्ग, सम्झना खत्री, मनोज राक्से मगर, जगन्नाथ लम्साल, सुनिता अधिकारी र दल बहादुर सारु रहनु भएको छ ।

निस्दी ५ पिपल भञ्ज्याङ्गमा भएको अधिवेशनको उट्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शालिकराम पाण्डेले गाउँपालिका भित्र व्यवहारिक शिक्षा सञ्चालनमा जोड दिन आग्रह गर्दै संगठनलाई मजबुत गराएर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति सदस्य टेक बहादुर थापा, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश १ का उपसभापति गोविन्द प्रसाद अर्याल, नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पूर्ण बहादुर खाँण, नेपाल शिक्षक महासंघ पाल्पाका सहसचिव नारायण प्रसाद कुँवर, नेपाल शिक्षक संघका प्रदेश सदस्य गंगा पंगेनी, नेपाल शिक्षक महासंघ केन्द्रिय प्रतिनिधि भेष बहादुर अधिकारी, नेपाल शिक्षक संघ निस्दी २ का संयोजक दिलराम रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल शिक्षक महासंघका पालिका सदस्य लाल बहादुर सोतीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई शिक्षक महासंघ निस्दीका अध्यक्ष विजय अर्यालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद रेग्मीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?