हेफर आधारशिला तालिम पोखरामा शुरु


कास्की,  परियोजना व्यवस्थापन तथा अनुगमन समितिका लागि हेफर आधारशिला तालिम कास्की पोखरामा चलिरहेको छ । हेफर प्रोजेक्ट नेपाल र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुका लागि सोमबार देखि तालिम शुरु भएको हो ।

तालिम शुभारम्भका अवसरमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हेफर प्रोजेक्टले संचालन गरेको विभिन्न कार्यक्रमले स्थानिय तहमा पुऱ्याएको योगदानको चर्चा गर्नुभयो । साथै तालिमले सकारात्मका सोचको विकासमा सघाउ पुग्ने भन्दै ध्यानपूर्वक तालिममा सिकाईएका ज्ञान
सिप सिक्न आग्रह गर्नुभयो । तालिममा हेफरको ईतिहास, नेपाल र अन्तराष्ट्रिय स्तरमा बर्तमान अवस्था संचालन गरेका कार्यक्रम र आधारशिला सम्बन्धि ज्ञानसिप सिकाईएकाे छ । रामपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी लगाएतको सहभागिता रहेको तालिमको सहजिकरण हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत प्रेम साङ्मा र प्रशिक्षक राज कुमार पाण्डेले गरि रहनु भएको छ ।

हेफर प्रोजेक्ट नेपाल र रामपुर नगरपालिकाको आर्थिक सहयोग पछौटेपन उन्मुलन समाज वेस नेपालको साझेदारी र हेफर प्रोजेक्ट नेपालको सहजिकरणमा तालिम चलिरहेको छ । पोखराको मझेरी रिसोर्टमा संचालन भएको आधारशिला तालिम यही चैत्र १ गते सम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?