रामपुर अस्पतालमा स्टाफहरु बाटै रक्तसंकलन गरी एक्टोपिक गर्भावस्थाका विरामीको अप्रेसन

इमान सिं राना
पाल्पा, रक्तश्राव र पेट दुख्ने समस्या देखिए पछि श्रीमानको साहारामा रामपुर अस्पताल आएकी ३० वर्षिय महिलालाई मंगलबार साँझ इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । साँझ आठ बजे खाना खाँदै गरेको अवस्थामा अस्पतालका एमडीजीपी डाक्टर सुनिल कुमार दासलाई इमर्जेन्सी वार्ड बाट फोन आयो ।

३० वर्षिय महिला पेट दुख्ने समस्या भएर आउनु भएको भन्ने खबर पाउना साथ डाक्टर सुनिल क्वाटर बाट वार्डमा पुग्नुभयो । विरामीको समस्या बुझ्ने क्रममा ति महिला ८ हप्ताको गर्भवती रहेको र योनी बाट रक्तश्राव तथा पेट दुख्ने समस्या देखिएको विरामीका श्रीमानले बताएका थिए । पेट दुखाईको औषधी दिइएको थियो । थप जाँच गर्दा प्रेसर, रगतमा अक्सिजनको मात्र सबै सामान्य नै थियो ।

डाक्टर सुनिलले तुरुन्त भिडियो एक्सरेमा हेर्दा विरामीको पेटभरी तरलपदार्थ रगत होकी भन्ने आशंका गरे । त्यस पछि विरामीको अवस्था थप जटिल बन्दै गयो । विरामीको रगतको मात्र ८ प्वाईन्टमा झर्यो । बाँकी रगत पेटमा जम्मा भएको थियो । त्यस पश्चात थाहा भयो । (एक्टोपिक गर्भावस्था) भ्रुण पाठेघर भन्दा बाहिर बसेको छ र फुटेर रक्तश्राव भएको हो । डाक्टरले महिलाको श्रीमानलाई यसको तरुन्त उपचार गर्नु पर्छ, नगरेको खण्डमा विरामीको ज्यानै जान सक्छ भनेर सुनाउनुभयो । सकिन्छ भने तुरुन्तै बाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव पनि दिनुभयो । तर विरामीका श्रीमानले आर्थिक अवस्था संगै अन्य कुरुवा नभएकाले जे पर्छ यहि गर्नुहोस् । परेको खण्डमा आफै बेहोर्छु भने पछि डाक्टर र अस्पतालको टिम अप्रेसनको लागि तयारीमा लाग्यो ।

पौने घण्टाको समयमा पुन चेकगर्दा विरामीको रगत ८ बाट ६ प्वाईन्टमा झरिसकेको थियो । डाक्टर सुनिलले भन्नुभयो, “सुविधा सम्पन्न अस्पताल भएको भए मैले सहजै अप्रेशन गर्ने थिएँ । तर बचाउन गाह्रो हुन्छ कि भन्ने डर थियो । उपचार नगरौं ज्यान जाने निश्चित छ । बाहिर पठाऔं बाटैमा ज्यान जाला भन्ने दर । तर याहाँ ग¥यौं भने बाँच्ने सम्भावना छ । केही नभए पनि १० जना मान्छे छ रगत दिनको लागि । उपचार गर्ने मान्छे छ । कम स्रोत र साधन भए पनि नहुनु भन्दा त हुनु बेस । त्यो अवस्थामा बचाउन सकिन्छ तर पनि रिक्स भएपनि अप्रेसन सुरु गरेका थियौं । अन्तत हामीले अप्रेसन गर्न सफल भएका छौं ।” सिमित साधनका विच रामपुर अस्पतालका डाक्टर सुनिल, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियार लगायतका चिकित्सकहरुले एक्टोपिक गर्भावस्थामा भ्रुण फुटेर को अप्रेसन पहिलो पटक मा गर्न सफल भएको हो ।

सिमित स्रोत र साधनका विच कसरी सम्भव हुन्छ भन्ने बारे आफ्ना प्रोफेसरहरु संग परामर्श गरेर सोही अनुसार अप्रेसन गरिएको डा. सुनिलले बताउनुभयो । “हामीलाई प्रोफेसरले भएका साधन प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ तर जोखिम धेरै छ भन्नुभएको थियो । रगत जतिपति आवश्यक पर्न सक्छ डोनरहरु तयार गर्नु भनेपछि अप्रेसन पूर्व हामीले डोनरका रुपमा ड्युटी सकाएर बस्नु भएका सबै साथीहरुलाई सम्पर्क ग¥यौं । रगत तयार भए संगै अप्रेसन सुरु ग¥यौं ।” उहाँले थप्नुभयो । अस्पतालका ड्युटी बाहिर रहेका साथीहरुकै ५ प्वाईन्ट ब्लड निकालेर अप्रेसन थालिएको थियो । अन्तत ५ प्वाईन्ट रगत प्राप्त भए संगै साढे १० देखि सुरु भएको अप्रेसन राती १ बजे सकिएको बताउनुभयो । उहाँका अनुसार विरामीको अवस्था अहिले सुधार हुँदै गएको छ ।

निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले सिमित स्रोत र साधनका विच पनि सबैको साथ र सहयोगले अप्रेसन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्टाफहरु बाट रगत संकलन गरेर विरामीको ज्यान बचाउन सफल भएका छौं । हामीले रक्तसंकलनको लागि समय मै ध्यान दिनु पर्ने समय आएको छ ।” अप्रेसन नगरी नहुने भए पछि अस्पतालले अफ ड्युटीमा रहेका स्टाफहरुलाई सम्पर्क गरी राती बेलाएको थियो । साथै नेपाली सेना र प्रहरीलाई पनि रगत आवश्यक पर्न सक्ने भएकाले तयार भैदिन आग्रह गरेको थियो । अभावका विच जटिल अवस्थाका अप्रेसन हुँदै आए पनि महिला तथा प्रसुति विशेषज्ञ, बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ संगै रक्तसंकलनका लागि भौतिक पूर्वाधार निर्माण संगै सरोकारवालाहरुले सोच्ने समय आएको निमित्त मेसु डाक्टर विजयले बताउनुभयो । उहाँले अप्रेशनमा खटिएका चिकित्सक संगै कर्मचारीहरुलाई धन्यवाद दिनु भएको छ ।

यता अप्रेसन गरिएको महिलाले पनि स्थानीय मेडिकल बाट गर्भपतनको औषधी किनेर ३ दिन अघि मात्र प्रयोग गरेको खुलेको थियो । क्लीनिक तथा मेडिकल बाट औषधी प्रयोग गरी असुरक्षित गर्भपतन गराउने तर समस्या देखि पछि मात्र अस्पताल आउँदा जटिलता उत्पन्न भएको भन्दै सोच्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरक्षित गर्भपतनका लागि सम्बन्धित स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी पनि दर्ता हुनु पर्ने सरकारको नियम छ । रामपुर अस्पतालमा सुरक्षित गर्भपतन सेवा हुँदा हुँदै पनि जीवन नै धरापमा पर्ने समयमा मात्र अस्पतालमा आउनु भनेको दुखद् कुरा हो । सेवा लिने र दिनेले पनि गम्भिरता अपनाउनु पर्छ ।” रामपुर अस्पतालका नर्सिङ्ग अधिकृत सुनिता गौतमले रामपुरमा रामपुर अस्पताल, गाँडाकोट स्वस्थ्य चौकी र गेझा स्वस्थ्य चौकी मात्र सुरक्षित गर्भपतनका लागि स्वीकृत रहेको बताउनुभयो । अस्पतालमा असुरक्षित गर्भपतन पछि समस्या देखिएर मासिक ४ देखि ६ जना सम्म आउने गरेको उहाँले जानकारी दिनुभयो ।

डाक्टर सुनिलका अनुसार एक सय गर्भवतीमा २ जनामा एक्टोपिक गर्भावस्थाको समस्या देखिने बताउनुहुन्छ । समय मै गर्भअवस्थाको जाँच नभएमा भ्रुण फुटेर ज्यानै जान सक्ने उहँले बताउनुभयो । भ्रुण फुटेर समस्या भएका विरामीलाई सुविधा सम्पन्न अस्पतालमा ९० देखि ९५ प्रतिशत सम्म बचाउन सकिने बताउनुभयो । असुरक्षित गर्भपतन, जथाभावी गर्भनिरोधक औषधीको प्रयोग, अनावश्यक रुपमा जथाभावी पाठेघर सफा गने, पाठेघरमा संक्रमण हुने, शारीरिक बनावट लगाएतका विभिन्न कारण एक्टोपिक गर्भावस्थाको सम्भावना रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?