३ दिने हेफर आधारशिला सम्बन्धि तालिम सम्पन्न

कास्की , परियोजना व्यवस्थापन तथा अनुगमन समितिका लागि ३ दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ । हेफर प्रोजेक्ट नेपाल र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुका लागि सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न भएको हो ।

तालिमको एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यक्ति र समाजलाई परिवर्तन गर्नका लागि तालिम अत्यन्तै लाभदायी रहेको बताउनुभयो । हेफरको आधारशिलामा आधारित रहेर काम गर्न सके नगरपालिकाको समुचित विकास हुने बताउनुभयो । साथै सवै विषयलाई समेटेकोले हेफरको आधारशिला अनुसार लागे समुन्नत नगरपालिका बनाउन सकिने उल्लेख गर्नुभयो । हेफर प्रोजेक्टले संचालन गरेका कार्यक्रम प्रभावकारी रहेकोले आगामी दिनमा सहकार्य गर्र्र्दै अगाडी बढ्ने बताउनुभयो । रामपुर नगरपालिकाले संचालन गरेको युवा स्वरोजगार अन्तर्गतको व्याज अनुदान कार्यक्रम हेफरले संचालन गर्ने कार्यक्रम संग सम्बन्धित रहेकोले सहकार्य गरेर प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हेफर प्रोजेक्ट नेपालको विषयमा राजनैतिक आरोप लागे पनि आफ्नो उद्देश्यमा लागेर संचालन गरेका कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रशसां गर्नुभयो । हेफरको १२ वटा आधारशिलालाई हरेक व्यत्तिले लागु गरेर अगाडी बढ्न सके समाजको सकारात्मक र समुचित विकास हुने बताउनुभयो । नगरपालिकाले प्रवहा गर्ने सेवा र कार्यक्रमलाई प्रभावकारी बनाउन तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले आधारशिलाको विषयमा सवैलाई बुझाउन सके आफु पनि कार्यालयका हरेक कार्यक्रम सोही अनुसार संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिमले हाम्रा धार्मिक मुल्य मान्यता , स्वमुल्याङ्कन , आधात्मभाव सिकाएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले आधारशिला तालिमले व्यक्तिगत जिवन र समाजलाई परिर्वतन गर्न सहज हुने बताउनुभयो । साथै पृथक र उत्कृष्ट प्रशिक्षणका लागि प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस्तै पछौटे उन्मुलन समाज वेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डे आफुलाई परिवर्तन गर्ने ज्ञान , सिप र आध्यात्मभाव सिकाएकोले आगामी दिनमा व्यवहारमा उतार्ने बताउनुभयो ।

मझेरी रिसोर्ट पाेखरामा भएको तालिम समापन कार्यक्रम कक्षा संयोजक तथा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा र हेफर प्रोजेक्टका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेको संचालनमा भएको हो । ३ दिने तालिमको सहजिकरण प्रशिक्षक राजकुमार पाण्डेले गर्नु भएको थियो । तालिममा हेफर आधारशिलाका विभिन्न विषय उपहार प्रदान , उत्तरदायित्व , दिगोपन र आत्म निर्भरता , पश तथा स्रोतको उचित व्यवस्थान , पोषण स्वास्थ्य र आयआर्जन लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो । तालिम समापनका अवसरमा प्रशिक्षक राज कुमार पाण्डेलाई रामपुर नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?