तिनाउ गाउँपालिका–३ बाट ३ लाख बढीको अवैध सामान बरामद

तस्वीर : जिल्ला प्रहरी कार्यालय पाल्पा

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट प्रहरी विहिबार दिउँसो ३ लाख बढीको अवैध सामान बरामद गरेको छ । सिद्धार्थ राजमार्गमा नियमित चेकजाँचको क्रममा बुटवलबाट गुल्मी जाँदै गरेको लु २ च ५४८९ नम्बरको पिकअप बलेरोमा राजश्व छली गरी ल्याउँदै गरेको सामग्री बरामद गरेको हो ।

चेकजाँचको क्रममा दिउँसो १ बजे राजश्व छली गरी ल्याउँदै गरेको अवस्थामा ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी अन्दाजी मुल्य ३ लाख ६ हजार बढीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको सामग्री, गाडी र चालक सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?