तालपोखरामा वैशाख १ र २ गते नयाँ वर्ष २०८० विशेष कार्यक्रम हुने

पाल्पा, सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर नगरपालिका–६ स्थित तालपोखरामा नयाँ वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०८०को अवसरमा आगामी बैशाख १ र २ गते कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

तालपोखरा संरक्षण समितिले शुक्रबार अपरान्ह तालपोखरा परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो विषयमा जानकारी गराएको हो । तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले पर्यटन प्रवद्र्धन संगै व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले नयाँ वर्ष विषेश कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । तालपोखराको संरक्षण र प्रवद्र्धनका लागि भएका कार्यको बारेमा जानकारी दिदै उहाँले कार्यक्रम बाट आर्थिक स्रोत जुटाउने लक्ष्य लिईएको बताउनुभयो ।

कार्यक्रम बाट संकलन भएको रकमले ट्रष्ट निर्माण गरिने बताउनुभयो । कार्यक्रमलाई लक्ष्यित गरी तालपोखरा संरक्षण समितिले यस अघि काठ र फाईवर बाट बनेको ५ वटा डुङ्गा सञ्चालनमा रहेकोमा अहिले २ वटा ¥याफ्टीङ्ग बोट थप गरिएको जानकारी दिनुभयो । २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, बसन्त थापा, राजन कार्की, अर्जुन सापकोटा, गायिका मञ्जु पौडेल, कला लम्साल, तुलसा जिसी सहित नृत्यकार वर्षा क्षेत्रि र सृष्टि विश्वकर्माको प्रस्तुति रहने छ ।

तालपोखरा संरक्षण समितिका उपाध्यक्ष मित्रा ढकालले विगतका वर्षहरुमा शिवरात्रीको अवसरमा कार्यक्रम हुँदै आए पनि यस वर्ष रामपुर महोत्सव भएकाले नयाँ वर्षको अवसरमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मित्रा ढकालको स्वागत र सदस्य जनक भण्डारीको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?