श्रीमद् भागवत् कथा सप्ताह बाट गौशाला व्यवस्थापन समितिले झण्डै ८ लाख बचत गर्न सफल

पाल्पा, रामपुर नगर गौशालामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन बाट नगर गौशाला व्यवस्थापन समितिले झण्डै ८ लाख रकम बचत गर्न सफल भएको छ । नगर गौशालाको तेस्रो वार्षिक उत्सव संगै गौशालाको दिगो सञ्चालनका लागि गत गत फागुन ९ देखि १५ गते सम्म रामपुर–६, तातोपानीधाममा सप्ताह ज्ञान प्रवचन भएको थियो ।

सप्ताह बाट संकलन भएको रकम बाट खर्च कटाएर नगद र जिन्सी गरी लाख ९१ हजार १ सय ९५ बचत गर्न सफल भएको नगर गौशाला व्यवस्थापन समितिले जनाएको छ । नगर गौशाला व्यवस्थापन समितिले शनिबार पदाधिकारी तथा पत्रकारहरुको उपस्थितिमा खर्च सार्वजनिक गरेको थियो । नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले नगद ७ लाख १७ हजार ८ सय ९५ र ७३ हजार हजार ३ सय जिन्सी गरी ७ लाख ९१ हजार १ सय ९५ बचत गर्न सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार सप्ताह अवधिभरमा २० लाख ७३ हजार ७ सय २३ रुपैयाँ नगद र ७३ हजार ३०० बराबरको जिन्सी गरी २१ लाख ४७ हजार ३४ आम्दानी भएको थियो । भने १३ लाख ५५ हजार ८ सय ३९ रुपैयाँ बराबरको रकम खर्च भएको थियो ।

बचत भएको रकम गौशालाको दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सप्ताहले नगर गौशालाको प्रचारप्रसार संगै सञ्चालनको लागि आवश्यक स्रोत जुटाउनका लागि सहयोग मिलेको बताउनुभयो । “दानको लागि कसैलाई अनुरोध नगरे पनि सप्ताहमा सहभागी भक्तजनहरु बाट स्वतस्फूर्त दान संकलन भएको थियो । यो भन्दा पनि महत्वपूर्ण कुरा गौशालाको प्रचार प्रसार भएको छ । व्यवस्थापनका लागि नियमित स्रोत जुट्नेमा पनि हामी ढुक्क छौं ।” न्यौपानेले भन्नुभयो ।
पछिल्लो समय गौशालामा विभिन्न उत्सवहरुमा सहयोगका लागि पुग्ने र दान गर्ने पुग्ने गरेका छन् । जस बाट व्यवस्थापनको लागि पनि थप सहज हुँदै गएको छ । भजन कृतन सहित संगितमय शैलीमा भएको सप्ताह अवधिभर भागवत् मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा प्रवचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?