शहीद बहुमुखीमा स्ववियु निर्वाचनमा ८२ प्रतिशत बढी मत खस्यो, साँझ ५ बजे देखि मतगणना हुने

पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८२ प्रतिशत बढी मत खसेको छ । विहान ८ बजे देखि ४ बजे सम्म भएको मतदानमा ८२.८६ विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल ७ सय ८२ मतदाता मध्ये ५ सय १६ छात्रा र १ सय ३२ छात्र गरी ६ सय ४८ जनाले मतदान गरेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो । क्याम्पस परिसरमा विहान देखि नै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । मतदान सकिए संगै अहिले सर्वपक्षिय बैठक सुरु भएको छ । अहिले अपरान्ह ५ बजे देखि मतगणना सुरु हुने घिमिरेले बताउनुभयो ।

पाल्पाका चार क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुरमा मात्र निर्वाचन भएको थियो । शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फ नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त गठबन्धन र अनेरास्ववियुका उम्मेद्वारहरु विच प्रतिस्पर्धा गरेका थिए । सभापतिमा नेवि संघ बाट ल्याकत अलि र अनेरास्ववियु बाट सन्देश ढकाल प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?