स्ववियु निर्वाचनमा विजयी हातपारे संगै रामपुरमा नेवि संघ र अनेरास्ववियु (क्रान्तिकारी) को विजयी र्याली


पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विजयी हात पारे संगै नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार विजयी र्याली निकालेको छ । दिउँसो शहीद बहुमुखी क्याम्पसको परिसर बाट पञ्चेबजा सहित विजयी र्याली निकालेको हो ।

आईतबार सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त प्यानलले अनेरास्ववियुका उम्मेद्वारलाई पछि पार्दै जित हात पारेको थियो । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका ल्याकत अलि सहित प्यनल नै विजयी भएको थियो । स्ववियु सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु,सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनाल र महेश राक्से निर्वाचित भएका थिए । ¥याली किसानबारी बजार बाट करिडोर हुँदै गेझा पुगेर फर्किएको थियो । गेझा बाट वडा नं. ६ को विजयपुर, तालपोखरा, वडा नं. ५ को भम्बक, मटेरी बाट करिडोर हुँदै भलायटार पुगेको थियो । भलायटार बाट रजघरा बजार, खोप्टार, इस्लामपुर हुँदै बेझाँड बजार आएर दिप प्रज्वलन सहित समापन गरिएको थियो ।

र्याली पूर्व संयुक्त प्यानलका विद्यार्थीहरुले शहीद बहुमुखी क्याम्पस परिसर र मतदान स्तल वरपरको सरसफाई गरेका थिए । त्यस पश्चात नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले खादा र टिका लगाएर विजयी पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । साथै नेकपा माओवादी केन्द्र रामपुरका नगर अध्यक्ष यम बहादुर सुनार तथा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले पनि विद्यार्थीहरुलाई किसानबारीमा बधाई ज्ञापन गर्नु भएको थियो ।

र्याली पूर्व शहीद बहुमुखी क्याम्पसको परिसरमा रहेको सहिद सूर्य घिमिरेको शालिकमा नवनिर्वाचित स्ववियु सभापति ल्याकत अलिले माल्यार्पण गरे पछि विजयी र्याली सुरु भएको थियो । र्यालीमा सहभागीहरुलाई विभिन्न स्थानमा स्वागत गरिएको थियो ।
बेझाँड बजार चोकमा दिप प्रज्वलन गर्दै नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हकहितका लागि सशक्त आवाज उठाउने संस्था भएको बताउँदै निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो । नवनिर्वाचित स्ववियु सभापति ल्याकत अलिले मतदानमा सहभागी हुने विद्यार्थीहरु प्रति आभार व्यक्त गर्दै कोठा भाडामा रहेर अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई अनिवार्य छात्रवृतिको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको संञ्चालन नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई सचिव शालिकराम खनालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?