प्राथमिक उपचार सम्बन्धि ३ दिने तालिम रामपुर पाल्पामा शुक्रबार देखि शुरु


प्राथमिक उपचार सम्बन्धि ३ दिने तालिम रामपुर पाल्पामा शुक्रबार देखि शुरु भएको छ ।

नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा पाल्पाको आयोजना र रामपुर उपशाखाको समन्वयमा तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सुन्दा सामान्य लागे पनि प्राथमिक उपचारले मानिसको जिवन बचाउन सहयोग पु¥याउने भएकाले तालिम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाईटिले विभिन्न कार्यक्रम मार्फत समाजमा उद्धार तथा राहतको काम गरेको भन्दै नगरपालिकालाई पहिलो प्राथमिकता दिएर तालिम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै आगामी दिनमा रेडक्रस संग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा पाल्पाका नवनिर्वाचित अध्यक्ष बाबुराम कार्कीले पछिल्लो समय विश्वमै रेडक्रसको महत्व बढ्दै गएको बताउनुभयो । रेडक्रसले विभिन्न संघ संस्था संग समन्वय गरेर विपद , युद्ध तथा महामारीका समयमा काम गर्दै आएको बताउँदै रामपुर उपशाखाको उत्सहा र सक्रियताका कारण तालिमका लागि पहिलो रोजाईमा परेको बताउनुभयो । साथै नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाको विकासका लागि सवै एक भएर लाग्न आग्रह समेत गर्नुभयो ।

रामपुर योग समितिको योगहल किसानबारीमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा उपसभापति भिमसेन कार्की , रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण , रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी , नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले बोल्दै तालिम सफलताको शुभकामना दिनुभयो । नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर उपशाखाका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद सदस्य टकादेवि भट्टराईले ज्ञापन गर्नु भएको थियो भने संचालन सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको थियो । तालिममा रामपुर नगरपालिका भित्रका १० वटै वडाका २० जनाको सहभागिता रहेको छ । तालिमको सहजिकरण नेपाल रेडक्रस सोसाईटि पाल्पाका कार्यक्रम अधिकृत विनोद भारति र सन्जित थापाले गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?