पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले युुवा लक्ष्यित वित्तिय साक्षरता सहितको युवा स्वरोजगार सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको आयोजना तथा रामपुर नगरपालिकाको प्रविधिक सहयोगमा ग्लोबल मनी वीकको अवसर पारी कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा उद्देश्य माथि प्रकाश पार्दै संस्थाका व्यावस्थापक दिपेन्द्र प्रसाद पौडे्लले ‘तपाईको पैसाको योजना बनाउनुहोस, तपाईको भविस्य रोप्नुहोस’ भन्ने मु्ल उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । पैसा कमाउनुमात्रै ठुलो कुुरा नभएर आफ्नो जीवनलाई सुरक्षित गर्न कमाएको धनलाई बचाएर राख्न सक्नु र त्यसको योजना बनाएर लगानी गर्नु अझ बढी महत्वपुर्ण हुने भन्दै नगरपालिकाबाट युुवा स्वरोजगार कार्यक्रम अन्र्तगतका विभिन्न विषयहरुमा सदस्यहरुलाई जानकारी गराउनु मुख्य उद्देश्यले रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेले युवाहरुलाई उद्यमी र व्यवसायीक बन्नको लागी उत्पे्ररित गर्दै नगरपालिकाले पनि त्यस्ता युवाहरुलाई लक्ष्यित गर्दै युुवा स्वरोजगार ऋण मार्फत व्याज अनुदान प्रदान गरीरहेको बताउनु्भयो । व्याज अनुदान ऋणका लागि आवश्यक कागजपत्र, प्रक्रिया र मापदण्डका सम्बन्धमा जानकारी गराउँदै तीस लाख रुपैया सम्मको ऋणमा व्याज अनुदान दिने गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा विभिन्न पेशा, व्यावसाय, उद्यम गर्दै आउनुभएका तथा युवा स्वरोजगार कार्यक्रममा आवद्ध विभिन्न व्यक्तित्वहरुले आफ्ना सफलता संगै आईपरेका समस्या र बर्तमान बजार अवस्थाको सन्र्दभमा आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले विश्वव्यापी रुपमा देखापरेको आर्थिक मन्दिका कारण सबै क्षेत्रहरुलाई प्रभाव परिरहेको र यसबाट कत्तिपनि नआत्तिईकन योजना बनाएर आफ्नो पेशा, व्यावसायमा लाग्नु हुन अनुुरोध गर्नुभयो । हाल विश्वमा अनावश्यक क्षेत्रमा खर्च गर्ने प्रवृति बढेको बताउँदै यसको नियन्त्रणका लागि पनि यस्ता कार्यक्रमहरु महत्वपुर्ण हुने बताउनुभयो ।संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको थियो ।