“एमाले एक्लै लडिरहेको छ र एक्लै लड्छ” : एमाले अध्यक्ष ओली

पाल्पा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एक्लै लडिरहेको बताउनु भएको छ । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वास्तव मै अन्तरिक र बाह्य अनेक प्रकारका सबै प्रकारका चौतर्फी हमलाहरुका विचमा नेकपा एमाले एक्लै लडिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेकपा एक्लै लडिरहेको छ र एक्लै लड्छ । वास्तवमै अन्तरिक र बाह्य अनेक प्रकारका सबै प्रकारका चौतर्फी हमलाहरुका विचमा नेकपा एमाले एक्लै लडिरहेको छ र एक्लै लड्छ । तपाईहरु एक्लो परियो भन्ने होईन ।” एमालेलाई सिंह र अन्य पार्टीलाई स्यालको बथानको संज्ञा दिदै ओलीले भन्नुभयो, “सिंह एक्लै हिड्छ, स्यालहरुको बथानमा हिड्छ । स्यालहरु एक्लै हिड्यो भने असुरक्षित हुन्छ । सिंह एक्लै एक्लै लमक लमक हिडिराख्या हुन्छ । यसो वरिपरि नियाल्दै नियाल्दै हिडिराख्या हुन्छ । उललाई आफुलाई कसैले शिकार गर्न सक्छ भन्ने पत्यार हुँदैन । बरु शिकार भेटिन्छ कि भनेर हिडिराख्या हुन्छ ।”

उहाँले पार्टी सिद्याएको बेला, पार्टी बाट अध्यक्ष लगाएतका नेताहरुलाई निस्कासन गरेका बेला पनि जिल्लामा संगठन बलियो बनाउन योगदान गर्ने जिल्ला पार्टीपंक्ति, कार्यकर्ता लगायतलाई धन्यबाद ब्यक्त गर्नुभयो । उहाँले एमाले बिरुद्ध सबै शक्ति एक भएर लाग्दा भने अलिकति अफ्ठयारो परेको धारणा राख्नुभयो । कार्यकर्ता प्रशिक्षण सभामा पूर्बप्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका कामको चर्चा गर्दै, बिकास र संमृद्धी ल्याउन एमालेले जित्नु पर्ने बताउनुभयो । उहाँले आफ्नो पालामा पूर्ब पश्चिम राजमार्ग बिस्तार, पूर्ब पश्चिम रेल, तराइमा हुलाकी राजमार्गको काम भएको धारणा राख्नुभयो । अरुले २० बर्ष गर्ने कम एमाले सरकारमा हुदा ३ बर्षमा नै गरेको उहाँले दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले पाल्पाको प्रशंग निकाल्दै जीर्ण बनेको रानीमहल जीर्णेद्धार गर्न, सिद्धबाबा सुरुङ्ग बनाउन एमालेले जितेपछि सम्भब भएको बताउनुभयो । उहाँले पाल्पाका सबै स्थानीय तह र प्रदेश सभा समेत एमालेले जित्नुपर्ने बताउनुभयो । पूर्बप्रधानमन्त्री ओली भोली ऐतिहासिक रानीमहल जाने कार्याक्रम रहेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?