पाल्पा, जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा बाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तानसेन नगरपालिकाका महिलालाई ६१ वर्षिय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनीहरुलाई पक्राउन गरेको हो ।
पक्राउ पर्नेहरुमा कोहटीमाई गाउँपालिका २ घर भई हाल तानसेन ६ स्थित खानेपानी ट्याङ्की निर्माणको काम गरी बस्ने १८ वर्षिय किसमोहन लोध र सोही स्थानमा बस्ने रुपन्देही गडहवा गाउँपालिका ६ घर भएका ५६ वर्षिय महताम लोध रहेका छन् । हिजो मंगलबार राती पौने १० बजेको समयमा महिलाको घर नजिकै खोल्सामा करणी गरेको भनी आज पिडित महिलाको छोरीले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएकी थिईन् ।
त्यस लगतै प्रहरीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीकार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।