बाघको ढाडमा रचना वाचन तथा सहित्य भेला सम्पन्न

पाल्पा, पछिल्लो समय रामपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा रहेको बाघको ढाडमा रचना वाचन तथा सहित्य भेला सम्पन्न भएको छ । कालीगण्डकी किनारको रामपुर नगरपालिका ६ स्थित कोप्चेघाट नजिकै रहेको बाघको ढाडमा क्षेत्रमा कार्यक्रम भएको हो ।

साहित्यको जगेर्ना संगै नयाँ पर्यटकिय गन्तव्यको रुपमा चर्चामा रहेको बाघको ढाँड क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यका साथ कार्यक्रम भएको हो । रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको आयोजना, मुक्तक मञ्च रामपुरको सहआयोजना र रामपुर नगरपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले साहित्य समाजको ऐना रहेको बताउँदै यसको विकासका लागि विद्यालयस्तर बाटै विद्यार्थीहरुमा उत्प्रेरणा जगाई आधार शिला तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।

नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाका अध्यक्ष मन गहिरेले साहित्य विद्याको बारेमा प्रष्ट पार्दै आफ्नो रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा कालीगण्डकी बेशी क्षेत्रका २८ जना साहित्य सर्जकहरुले बाघको ढाँड सहित कालीगण्डकी उपत्यका र रामपुर क्षेत्रका सम्भावनाहरु सहित समाजका यथार्थलाई आफ्ना रचनाको माध्यम प्रस्तुत गरेका थिए । कार्यक्रममा गोविन्द शरण उपाध्यायले प्रस्तुत भएका लेख तथा रचनाहरु माथि टिप्पणी गर्नु भएको थियो ।

रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाको स्वागत र रामपुर साहित्यिक प्रतिष्ठानका सचिव गोविन्द भट्टराईको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?