स्वागत तथा सम्मान सहित परिचयात्मक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकामा स्वातग सम्मान सहित परिचयात्मक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नगरपालिकाले जिल्ला अदालत पाल्पाका न्यायधीश कमलराज विष्ट , पाल्पामा भरखरै आउनु भएका  जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक हेरम्बर शर्मालाई स्वागत सहित सम्मान गरेको छ ।

नगरपालिकामा स्वागत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अन्य क्षेत्रले रामपुरलाई फरक दृष्टिकोणले हेर्ने र फरक व्याख्या गर्ने गरेको भन्दै रामपुरलाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाको विषयमा जानकारी गराउँदै उहाँले रामपुरको विकासले अन्य क्षेत्र ओझेलमा पर्ने डरले रामपुरको विषयमा फरक व्याख्या विश्लेषण गर्ने गरेको बताउनुभयो । प्राकृतिक स्रोत साधन र पर्यटनका हिसाबले रामपुर बलियो रहेको भन्दै फरक व्याख्या र विश्लेषण गर्नेहरुलाई चुनौति समेत दिनुभयो । रामपुर शहर उन्मुख क्षेत्रको रुपमा अगाडी बढिरहेको भन्दै नगर प्रमुख थापाले बढि जनघनत्वको कारण सुरक्षा चुनौति दिन दिनै थपिँदै गएकोे बताउनुभयो । साथै सुरक्षा व्यवस्थाका लागि जनशक्ति सहितको डिएसपि को दरबन्दी आवश्यकता रहेको उल्लेख गर्नुभयो । आगामी दिनमा नगरको विकास र सुशासन सहित सुरक्षाका निम्ती राज्यका हरेक निकाय संग समन्व्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकामा स्वागत गर्दै नगर भित्र भएका न्याय सम्पादनको बारेमा जानकारी गराउँदै नगरको विकास र समृद्धि एवं सुशासन कायम गर्न लागि स्थानिय सरकार लागि परेको बताउनुभयो । उहाँले शान्ति सुरक्षा र सुशासनका लागि सवैको साथ अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायधीश कमलराज विष्टले अदालत र स्थानिय निकाय विच अनोन्यास्रीत सम्बन्ध रहेको बताउनुभयो । स्थानिय तह मै मेलमिलाप मार्फत न्याय सम्पादन गर्न सकिने भन्दै टुंगोमा नपुगेका मुद्दा अदालतमा पुग्ने भएकाले सकभर मेलमिलाप गर्नु पर्ने बताउनुभयो । अदालतमा मुद्दा दर्ता भए पनि मेलमिलाप पहिलो प्राथमिकता रहेकोले छलफलको माध्यमबाट मेलमिलाप गर्नु पर्ने बताउनुभयो । साथै हरेक मुद्दा प्रमाणको आधारमा बास्तविकता बुझेर पिडितलाई न्याय दिन आग्रह गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले रामपुर नगरपालिकाको बास्तविकता नबुझि नकारात्मक दृष्टिकोणले नहेर्ने भन्दै नगरको विकास र सुशासनका लागि सबै संग समन्वय र सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिलाई विकास संगै नागरिकको कागजी प्रक्रिया र सिफरिस सम्बन्धि जानकार हुन आवश्यक रहेको बताउनुभयो । कानुनको पालना सबैले गर्नु पर्ने भन्दै उहाँले कानुन अनुसार भएका विषयलाई मात्र हरेक निकायमा सिफरिस गर्न आग्रह गर्नुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरि उपरिक्षक हेरम्बर शर्माले नेपाल प्रहरीको विकल्प नभएको बताउनुभयो । समुदायमा शान्ती शुरक्षाका निम्ती कुनै बहाना नभएकोले नेपाल प्रहरीको कुनै विकल्प नै नभएको बताउनुभयो । साथै कसैको आग्रह पूर्वाग्रहमा रहेर नेपाल प्रहरीलाई काम गर्ने छुट नभएको उल्लेख गर्नुभयो । सिमित स्रोत र साधनका विच पनि नेपाल प्रहरीले जिल्लामा शान्ती सुरक्षा कायम गर्नका लागि काम गरिरहेको भन्दै पिडितले न्याय पाउने कुरामा दुई मत नरहेको बताउनुभयो । उहाँले जिल्लामा बाल विवहा , आत्महत्या लगायतका घटना न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप राना , विष्णुमायाँ ढकाल , नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई , नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी , नेकपा एस रामपुरका अध्यक्ष फणेश्वर गौतम , रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण , वडा नं. २ का अध्यक्ष कष्ण दर्जी , वडा नं. ३ का अध्यक्ष दामोदर पाठक , वडा नं. ४ का अध्यक्ष राम बहादुर राना , वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल , वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटा , वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी , वडा नं. ८ का अध्यक्ष दिनेश आचार्य , रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे , महिला विकास शाखाका पुजा परियार , रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , बाल खेल संसार अभियानका संयोजक कृष्ण प्रसाद पौडेल लगायतले घटना दर्ता , उजुरी तथा मुद्दा , बजार मूल्य बृद्धि , न्याय संग सम्बन्धित , विपदका विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ न्यायधीश कमलराज विष्ट , प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला , प्रहरी उपरिक्षक हेरम्बर शर्माले दिनु भएको थियो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको स्वागत तथा सम्मान सहितको अन्तरक्रिया कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?