आवधिक योजना सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न

पाल्पा , रामपुर नगरपालिकाको आवधिक योजना सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

आगामी ५ बर्षको योजना तर्जुमा का लागि नगरपालिकाले छलफल , अन्तरक्रिया सहित राज सुझाव लिएको हो । छलफलमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको समुचित विकास र समृद्धिका लागि हरेक क्षेत्रलाई समेटेर अगाडी बढ्ने निति रहेको बताउनुभयो । आगामी ५ बर्षमा नगरपालिकालाई कस्तो बनाउने भन्ने विषयमा सबै क्षेत्र र पक्षको राय सुझावका आधारमा योजना तय गरिने उहाँले बताउनुभयो । नगरपालिका भित्रका सबै क्षेत्र र समुदायलाई समेट्ने गरि प्राप्त सुझावको आधारमा सबैको अपनत्व महसुस हुने गरि नगरपालिकाले योजना निर्माण गरिने बताउनु भएको छ । छलफलमा सहभागिहरुले शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि , सडक पूर्वाधार , पर्यटनका क्षेत्रमा यथेष्ट खालका योजना बनाउन आवश्यक रहेको बताएका थिए ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि ,राजनितिक दल , विभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवि ,बुद्धिजिवि ,कर्मचारी,पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सहजकर्ता दिनेश घिमिरेले गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?