पाल्पा, मौरीपालन सम्बन्धि दुईदिने घुम्ती तालिम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । कृषकस्तरको तालिम लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजनामा कार्यक्रम भएको हो ।
समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले मौरीको धार्मिक र आध्यात्मिक महत्व समेत रहेको हुँदा व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । रामपुरमा उर्भराभूमि प्रशस्त रहेको हँुदा मौरीपालनलाई व्यावसायिकरण गर्नुपर्ने र यस व्यावसाय बिस्तार, प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।
रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले व्यावसायिक रूपमा मौरीपालन गर्नेलाई थप सीप विकास तालिमको लागि वडाबाट तथा माथिल्लो निकायमा आयोजना हुने तालिममा समन्वय गर्ने बताउनुभयो । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले पाल्पामा मौरीपालनको राम्रो सम्भावना रहेकाले ज्ञान केन्द्रले पनि व्यवसायी मौरीपालन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो ।
कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन कृषि ज्ञानकेन्द्र पाल्पाका बालीसंरक्षण अधिकृत मिलन गैरेले गर्नुभएको हो । विजयपुर कृषि सहकारीको हल रामपुर ६ सातविसेमा भएको तालिममा रामपुर नगरपालिका भित्रका ३० कृषकको सहभागीता थियो । तालिमका सहजकर्ता हुमनाथ न्यौपानेले तालिममा सहभागीमध्ये ३० प्रतिशतले मौरीपालन गरिरहेकाले यस तालिमले व्यावसायमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।