बिउ बिजन सम्बन्धि तालिम रामपुर ६ पाल्पामा सम्पन्न

पाल्पा , बिउ बिजन सम्बन्धि तिन दिने तालिम विहिबार रामपुर पाल्पामा सम्पन्न भएको छ । बीउ विजन क्षेत्रका बहुसरोकारवालाहरु संगको समन्वय सहकार्य र साझेदारीमा आधारित व्यवसाय उन्मुख बिउ बिजन सम्बन्धि तालिम रामपुर नगरपालिका वडा नं. ६ विजयपुरमा सम्पन्न भएको हो ।

रामपुर नगरपालिका वडा नं ६ को आयोजनामा भएको तालिम समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले धेरै तालिम प्रदान गरे पनि व्यवहारमा कमै मात्र लागु भएको भन्दै उपलब्धि हुने गरि सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । साथै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन व्यवसायीक कृषक बन्न आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले उत्पादनको आधारमा प्रोत्सहान दिने भन्दै नगर प्रमुख थापाले व्यवसायी बन्न चहाने कृषकलाई सहयोग गर्ने बताउनु भएको छ । साथै आवश्यकता र मागको आधारमा हरेक वडाका नागरिकलाई सिपमुलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । नगर भित्र उत्पादन भएका कृषि उपज र अन्य उत्पादनको बजारीकरणको लागि नगरपालिकाले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले तालिममा सिकेका ज्ञान सिपलाई सदुपयोग गर्दै आय आर्जन हुने गरि काम गर्न आग्रह गर्नुभयो । उहाँले नगरभित्र आवश्यक बिउ बिजन आपूर्तिका लागि तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने बताउनुभयो । यस्तै विउविजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतमले रामपुरमा दिगो विकास, स्वस्थ र आयमुलक समाज बनाउन जरुरी रहेको बताउदै यो क्षेत्रलाई बीउविजन उत्पादनको पकेट क्षेत्र बनाउन सकिने बताउनुभएको छ । कार्यक्रममा मौरी पालक कृषकहरुको तर्फबाट सुर्य प्रसाद रेग्मी सहभागि सुन्दर देवकोटा ,सिर्जना आचार्यले बोल्दै तालिमको औचित्य पूरा हुने गरि सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा नं. ६ का वडा सचिव चिन्तामणी भण्डारीले गर्नु भएको थियो । तिन दिन सम्म चलेको तालिमको सहजिकरण राष्ट्रिय गहुबालि अनुसन्धान कार्यालय भैरहवाका बरिस्ठ प्रशीक्षक दिपक पाण्डे, विउविजन प्रयोगशाला भैरहवाका बालि संरक्षण अधिकृत शालिकराम गौतम, भुमि व्यवस्था तथा कृषि मन्त्रालय लुम्बिनी प्रदेशका पशुविकास अधिकृत हुमकान्त पाण्डे, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बालि संरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय लगायतले गर्नुभएको हो । तालिम समापनका अवसरमा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?