प्रकाशकिय : निरन्तरताको हाम्रो यात्रा चौथो वर्षमा !

कोरोना महामारी र लकडाउन संगै विश्व अर्थतन्त्रमा देखिएका चुनौति संग संघर्ष गर्दै समाज अघि बढिरहेको छ । सोही गतिलाई पछ्याउँदै हाम्रो पाईला आज देखि चौथो वर्षमा प्रवेश गरेको छ । कोरोना महामारीका विच पाल्पाको रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु मार्फत सञ्चालनमा आएको कटुवाल खबर अनलाईन विविध समस्या र चुनौतिहरुलाई चिर्दै सत्य, तथ्य र निष्पक्ष खबर सम्प्रेषण गर्दै आफ्नो यात्रालाई अवछिन्न रुपमा अघि बढाई रहेको छ ।

सुरुवातमा विश्वलाई आक्रान्त पारेको कोरोना महामारी र लकडाउनका कारण घर वरपर वा कोठा मै सिमित भएको अवस्थामा सुचना प्राप्त गर्ने अधिकारको प्रत्याभूति दिलाउनुलाई हाम्रो जिम्मेवारीको रुपमा लिएका थियौ । “नमस्कार ! सूचनाको सारथी, कटुवाल खबर, अब कोही नहुन्, नरहुन् बेखबर । पबतगधबपिजबदबच।अयm मा याहाँलाई हार्दिक स्वागत छ ।” भन्ने वाक्याशं सहित २०७७ साल बैशाख १ मा कटुवाल खबर डटकमले आफ्नो यात्रा आरम्भ गरेको थियो । सुरुवातको केही समयलाई हामीले परिक्षणका रुपमा लिएर अघि बढ्यौं । त्यस लगतै २०७७ साल असार १४ गते कम्पनी रजिष्टारको कार्यालयमा सीताकुण्ड मिडिया प्रा.लि. दर्ता गरी २०७७ असोज १५ गते सूचना तथा प्रसारण विभागमा अनलाईन दर्ता गरी नियामक निकाय प्रेस काउन्सिलमा सूचीकृत भएर अविछिन्न यात्रामा लम्किएका थियौं ।

यस अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषय संगै विशेष गरी लुम्बनी र गण्डकी प्रदेशका अन्तर्गत कालीगण्डकी उपत्यका भित्रका खबरलाई प्राथमिकतामा राखेर सम्प्रेषण गर्दै आएको छ । सुरुका दुई वर्ष हामीले कोरोना भाईरस विरुद्ध भएका प्रयास, उपचार, अक्सिजन आपूर्ति, खोप विषयका सामाग्री सम्प्रेषणमा जोड दियौं । तेस्रो वर्ष २०७९ लाई निर्वाचन वर्षको रुपमा लियौं । गत वर्ष वैशाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्वाचन, गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रित गरी समाचार सम्प्रेषणमा केन्द्रित भयौं । सिमित स्रोत र साधनका विच हामी, हाम्रो जिम्मेवारी प्रतिवद्ध भएर लाग्यौ ।

यस संगै समाजको मुल प्रवाह भन्दा पर रहेका भुईमान्छेका विषय उठान संगै कालीनदी सभ्यताको संरक्षण अभियानका विषयमा पनि हामी पछि हटेनौ । दैनिक घटना र गतिविधि, समाजका क्रियाकलाप, विकास निर्माण, अनियमितता, लापरर्वाहीका समाचार संगै पर्यटन तथा व्यवसायिक क्षेत्रमा भएका सकारात्मक प्रयास र सम्भावनाहरु उधिन्ने प्रयास गर्दै आएका छौं । प्रकृतिक विपद् र त्यसले निम्त्याएको जोखिमको बारेमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै अघि बढेका छौं । आर्थिक अभावमा उपचार रोकिएका विरामीहरुको लागि आर्थिक सहयोग जुटाउन समेत हामी लागि प¥यौं ।

विसंगति र विकृतिका विरुद्ध तथ्यमा आधारित भएर र निष्पक्षताका साथ कलम चलाउँदै आएका छौं । समाचार सम्प्रेषण संगै स्थानीय स्तरमा भएका गतिविधिहरु विश्वभर छरिएर रहेका नेपालीहरु समक्ष पु¥याउन फेसबुक तथा युट्युव मार्फत लाईभ भिडियो सामाग्री प्रसारणलाई पनि निरन्तरता दिदै आएका छौं । चौथो वर्षलाई पछ्याउँदै गर्दा हामीले जनचासोका विषय र आम नागरिकको प्रत्यक्ष जीवन संग सरोकार राख्ने विषयलाई सत्य, तथ्य र सन्तुलित बनाएर सबै भन्दा छिटो पस्कने प्रयासमा छौं । यता मुल प्रवाह भन्दा बाहिर रहेका भुईमान्छेहरुको विषय उठान गर्न लागि पर्ने छौं । अझ परिस्कृत भएर अनुसन्धान र खोज मुलक समाचार सामाग्री याहाँहरु समक्ष ल्याउने प्रयत्नमा जुटेका छौं । साथै नयाँ प्रविधिको उच्चतम प्रयोग गरी अघि बढ्ने जमर्को गरेका छौं । पाठक र दर्शकको रुची अनुसारका सामाग्रीहरु मल्टीमिडियाको माध्यमलाई थप सुधार गरेर आउने योजना बनाएका छौं ।

निरन्तरको हाम्रो प्रयासमा हाम्रा साझेदारी संघ संस्था, विज्ञापनदाता, पाठक तथा दर्शकहरुको निरन्तरको साथ, हाम्रा संवाददाता, लेखकहरुको लगावले हामी वर्तमान अवस्था सम्म आउन सफल भएका छौं । हामी विश्वस्त छौं, याहाँहरुको साथ निरन्तर पाईरहने छौं । याहाँहरुको सल्लाह र शुभेच्छालाई अंगिकार गर्दै सत्य, तथ्य र निष्पक्ष हाम्रो मुलमन्त्रलाई जप्दै हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिवद्ध छौं । हामी माथि गर्नु भएको विश्वासलाई कदापी टुट्न दिने छैनौं । कटुवाल खबर, सहयात्री सूचना र समाचारको भन्ने हाम्रो नारालाई अघि बढाई रहने छौं ।

विगतको सुचना प्रवाहको आधार, कुटुवाल प्रथाले दिएको योगदानको उच्च सम्मान गर्दै अथक यात्रामा निस्किएको कटुवाल खबरलाई सूचनाको भरपर्दो सेतुको रुपमा विकास गर्न लागिरहने छौं । अन्तमा २०८० साल यहाँहरु सबैको शुभ रहोस्, सफल र सुखद् बनोस् ।
धन्यवाद ।

                                                                               दुर्गेश मल्ल                                                                                 प्रधान सम्पादक
कटुवाल खबर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?