पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ । नयाँ वर्षको अवसरमा साथीहरु संगै पाल्पा घुम्न आएका सिद्धार्थ नगरपालिका वडा नं. १२ बेलहिया रुपन्देहीका २० वर्षीय शिवम जैशवालको मृत्यु भएको हो ।
शुक्रबार विहान भूतखोलमा घुम्न आएका जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए । पोखरीमा डुवेका उनलाई तत्काल प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । जैशवालको उपचारका क्रममा चेकजाँच गर्दा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भुतखोलामा यस अघि पनि पटक पटक चिप्लिएर पोखरीमा खसी ज्यान गैरहेको छ ।