ऐतिहासिक गोरखा–जितगढी एकीकरण मार्ग पदयात्रामा सहभागी नेपाली सेनालाई पाल्पामा भव्य स्वागत

पाल्पा, नेपाली सेनाले निकालेको प्रथम ऐतिहासिक गोरखा–जितगढी मार्ग पदयात्राको टोली शनिबार पाल्पा आईपुगेको छ । गत चैत्र २९ गते गोरखा बाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएका गोरखा बाट पश्चिम तर्फको मार्ग पछ्याउँदै पाल्पा आईपुगेको हो ।

नेपालको राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाट बाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीमा पञ्चेबाजा सहित फुलमालाले भव्यताका स्वागत गरिएको थियो । गोरखा बाट आएको ५५ जना नेपाली सेनाको टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहित रामपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, याहाँका महिला समुह तथा संघ संस्थाले स्वागत गरेको थियो ।

पाल्पा प्रवेश गर्नु पूर्व चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण, उपप्रमुख इसा राना र सरजीत गुल्मका गुल्मपति सेनानी हरि प्रसाद भट्टराईले, जिल्ला समन्वय समिति पाल्पका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवर, दि फेमस महिन्द्र दल गणका सेनानी बाल मुकुन्द विष्टलाई नेपालको झण्ड हस्तान्तरण गरी साँखर बाट विदाई गर्नु भएको थियो । व्याण्ड बाजा सहित आएको टोली लखन पार्क, लक्ष्मी नारायण गुठी द्वारा सञ्चालित ऐतिहासिक खोप्टार पार्टीमा महिला समुहले स्वागत गरेका थिए । देविस्थान पनि भव्य स्वागत भएको थियो । पदयात्रामा रामपुर क्षेत्रका भूत पूर्व नेपाली सेना, रामपुर स्काउट ट्रुपका विद्यार्थी सहित जनप्रतिनिधिहरुले साथ दिएका थिए ।

साथै देविस्थानमा रामपुर नगरपालिकाको आयोजनामा स्वागत समारोह भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सेनाले चालेको कदमले ऐतिहासिक गढी र किल्लाहरुको पहिचानमा सहयोग गरेको बताउनुभयो । उहाँल सामरिक महत्वका जिल्लामा रहेका ऐतिहासिक गढीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि प्रयास हुँदै आएको बताउनुभयो । गढी तथा किल्लो संरक्षणमा समेत स्थानीय, प्रदेश र संघिय सरकारको ध्यान पुग्ने उहाँको भनाई थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पदयात्राले पछिल्लो पुस्तालाई इतिहासको बारेमा जानकारी लिन थप सहज भएको बताउनुभयो । नेपाल एकिकरणको क्रममा प्रयोग भएका पदमार्गले पर्यटन विकासमा टेवा पुग्नुका साथै सेना र जनता विचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग गरेको बताउनुभयो ।

श्री नं. २२ बाहिनीका सहायक रथी ललित बहादुर कुँवरले एकिकरण मार्ग लगाएत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकिकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने एवं राष्ट्रिय एकताको भवना थप प्रगाढ बनाउने उद्देश्यले पदयात्रा सुरु गरिएको जानकारी दिनुभयो । पाल्पा आफैमा ऐतिहासिक स्थान रहेको बताउदै पर्यटन सम्भावनालाई प्रसय दिई पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्य संग जोड्न विशुद्ध योजना अनुरुप कार्यक्रम गरिएको बताउनुभयो । उहाँका अनुसार वैशाख ७ गते लाई वार्षिक विजय उत्सव मनाउने कार्यक्रम तय भएको छ । राष्ट्रिय एकताको महत्वलाई थप सार्थक बनाउन, नागरिक सैनिक सम्बन्धलाई सुढ्द बनाउन नविनतम आयाम बाट सेनाले विभिन्न पहल कदम चाल्दै आएको बताउनुभयो ।

दि फेमस महिन्द्र दल गणका सेनानी बाल मुकुन्द विष्टले ५ वर्ष यता राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते गोरखा बाट पूर्व तर्फ काठमाडौं सम्म पदयात्रा गर्दै आएकोमा यस वर्ष बाट पश्चिम तर्फ पनि पदयात्राको थालनी गरिएको बताउनुभयो । एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा सहित गोरखा बाट निस्किएको टोली पाल्पाको केलादी हुँदै पूर्वखोलाको बाकुमगढी, माथागढीको झडेवा माथागढी हुँदै तानसेन र तानसेन हुँदै तिनाउको नुवाकोट पुगेर वैशाख ७ गते रुपन्देही पुग्नेछ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेको सञ्चालनमा भएको हो ।
गोरखा बाट निस्किएको टोलीलाई सतिघाट पुगेर गोरखाको टोलीले तनहुँलाई झण्डा हस्तान्तरण गरेको थियो । तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । रुपन्देहीको टोलीले बैशाख ७ गते जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुनेछ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुननिर्माण गरेको ऐतिहासिक जितगढी बैशाख ७ गते उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्राले सैनिक र नागरिकको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकको अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने लक्ष्य लिईएको छ ।

यस्तै, ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा गर्न पदयात्राले सहयोग पुर्याउने विश्वास सेनाको छ । सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहेको छ । यसबाट ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न र स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढ्ने विश्वस लिईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?